महालेखाको ताकेतापछि जुमुर्रायो प्राधिकरण, चार वर्षदेखि चर्चामा रहेको आईआईसी स्थापना हुँदै

<p>काठमाडौं । चार वर्षअघि देखि स्थापना गर्ने भनेर चर्चामा रहेको बीमा सूचना केन्द्र (आईआईसी) स्थापनाका लागि नेपाल बीमा प्राधिकरण जुर्मुराएको छ । बीमा ऐन, २०७९ मा व्यवस्था भए बमोजिम बीमा सूचना केन्द्र स्थापनाका वर्सेनि छलफल हुँदै आएको भएपनि यस पटक भने स्थापना गरेरै छोड्ने रणनीतिमा प्राधिकरण लागेको हो । पछिल्लो समय सरोकारलावाहरुसँग दैनिक छलफल तथा [&hellip;]</p>

काठमाडौं । चार वर्षअघि देखि स्थापना गर्ने भनेर चर्चामा रहेको बीमा सूचना केन्द्र (आईआईसी) स्थापनाका लागि नेपाल बीमा प्राधिकरण जुर्मुराएको छ । बीमा ऐन, २०७९ मा व्यवस्था भए बमोजिम बीमा सूचना केन्द्र स्थापनाका वर्सेनि छलफल हुँदै आएको भएपनि यस पटक भने स्थापना गरेरै छोड्ने रणनीतिमा प्राधिकरण लागेको हो । पछिल्लो समय सरोकारलावाहरुसँग दैनिक छलफल तथा बहस गरेर प्राधिकरणले आईआईसी स्थापनाका लागि पहल थालेको हो ।

महालेखा परीक्षक कार्यालयले आफ्नो ६१औं प्रतिवेदनमा सरकारले बीमा सूचना केन्द्र स्थापना गर्ने बताउँदै आएको भए पनि हालसम्म नबन्नु विडम्बबना रहेको कैफियत देखाएको छ । महालेखाले यो विषयको कार्यानवयनका लागि कुनै प्रक्रिया सुरु नभएको टिप्पणी पनि गरेको छ । महालेखाको ताकेतापछि प्राधिकरण बीमा केन्द्र स्थापनाका लागि अहिले तातेको हो ।

बीमा सूचना केन्द्र स्थापनाका लागि प्राधिकरणले अहिले दैनिक छलफल गरिरहेको छ । बिहीबार पनि सरोकारवाला निकायसँग छलफल गरेको हो । बीमा सूचना केन्द्रको सम्भावित स्वरुपका बारेमा सम्बन्धित मन्त्रालय, सरकारी निकाय, नेपालस्थित अन्तर्राष्ट्रिय निकाय, विश्वविद्यालय, बीमक, पेशागत बीमा अभिकर्ता सङ्घ र नेपाल बीमा सर्भेयर सङ्घबाट राय सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्राधिकरणको भनाइ छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा सूचना केन्द्र स्थापनाका लागि प्रारम्भिक चरणको छलफल शुरु भएको र सुझाव सङ्कलनलाई सघनताका साथ निरन्तररूपमा अगाडि बढाइने बताए । ‘नागरिकको जीवन, सम्पत्ति र राष्ट्रिय सम्पत्तिको सुरक्षण गर्न आवश्यक सूचना प्राप्त गर्ने किसिमले बीमा सूचना केन्द्र स्थापनाका लागि सुझावहरू सङ्कलन गर्न शुरु गरिएको छ, केन्द्रको स्थापनाबाट सरकारी निकाय, समग्र बीमा बजार र नागरिकलाई फाइदा पुग्नेछ, उनले भने ।

बीमा सूचना केन्द्रले सम्बोधन गर्नुपर्ने क्षेत्र, केन्द्रित हुनुपर्ने विषय र सरकारी निकायहरुसँगको आवद्धता लगायतका विषयमा कार्यक्रमबाट ठोस सुझावहरू प्राप्त हुने अपेक्षा गर्दै अध्यक्ष सिलवालले भने, ‘कार्यक्रमहरूबाट प्राप्त हुने सुझावहरूका आधारमा केन्द्रको स्थापनाको कार्य अगाडि बढाइनेछ, विपद् व्यवस्थापनलाई समेत अङ्गकै रुपमा लिइनेछ, स्वदेशी विज्ञलाई प्रोत्साहित गरिनेछ ।’

नेपाल बीमा प्राधिकरणका संचालक समिति सदस्य कपिल देव ओलीले बीमा सूचना केन्द्रको स्थापनाबाट बीमा सम्बन्धी सूचनालाई व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउन तथा बीमाका समग्र गतिविधिलाई सक्रियरूपले अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जोखिम र बीमा एउटै सिक्काका दुई पाटा भएकाले बीमा सूचना केन्द्र स्थापना गर्दा जोखिमको पाटोलाई पनि सँगसँगै लानुपर्ने र केन्द्र नेपाली मोडेलको हुनुपर्ने विचार व्यक्त गरे ।

नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मीले बीमा सूचना केन्द्रको स्थापनालाई सहयोग पुग्ने गरी अन्तर्राष्ट्रियस्तरको सफ्टवेयर कार्यान्वयनमा ल्याउनुपर्ने धारणा राखे । नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा सूचना केन्द्रको प्रारम्भिक खाका प्रस्तुत गर्दै बीमामा हुने बदमासी, जालसाजी, कीर्ते र दोहोपनालाई नियन्त्रण गर्न केन्द्रको स्थापना आवश्यक भएको बताए ।

नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले सरकारबाट बीमा नियमावली स्वीकृत भई कार्यान्वयनमा आएपछि बीमा सूचना केन्द्र स्थापनाको कार्य अगाडि बढाउन प्रारम्भिक खाका तयार गरी सुझावहरू सङ्कन गर्न सुरु गरिएको बताएका छन् ।

Share News