काठमाडौं । विद्युतीय गाडी (ईभी) ब्राण्ड ओमोडाले आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकपमा सहभागी नेपाली टोलीले जोड्ने हरेक रन र ढाल्ने विकेटमा रुख रोप्ने भएको छ ।
दोस्रो पटकको ऐतिहासिक विश्वकप यात्रा तय गरेको नेपाली टोलीलाई हौसला प्रदान गर्ने मुख्य उद्देश्यका साथ कम्पनीले ‘नेपाल स्कोर, ओमोडा ग्रोज’ नाराका साथ यो वातावरणीय अभियान सार्वजनिक गरेको हो ।
यो अभियान अन्तर्गत ओमोडाले हरेक रनमा एउटा रूख रोप्ने सङ्कल्प गरेको छ । त्यसैगरी हरेक ‘चौका’मा पाँचवटा रूख रोपिनेछ भने हरेक ‘छक्का’ र हरेक ‘विकेट’मा १० वटा रूख रोपिने छ । यसअन्तर्गतको वृक्षारोपणका लागि ब्रान्डसँगै नेपालभर रहेका ओमोडा खरिदकर्ता तथा चालकहरूले सहभागिता जनाउने कम्पनीले बताएको छ ।