काठमाडौं १३, माघ । नेपालमा छ महिनायता मात्र करिब एक अर्ब रुपैयाँको बोसो आयात भएको छ ।
साबुन, कस्मेटिक, दानाउत्पादक, उद्योगले कच्चा पदार्थको रुपमा पशुको बोसो विदेशबाट ल्याउने गरेका छन् ।
यस तथ्यांकले हरेक बस्तुमा विदेशी उत्पादनको भर परिरहेको अवस्था झल्काउँछ ।
तथ्यांकअनुसार पछिल्ला तीन वर्षमा बोसोको आयात ४ गुणाभन्दा बढीले वृद्धि भएको छ भने ४ वर्षको तथ्यांक आँकलन गर्दा ३० गुणाभन्दा माथि आयात हुने देखिन्छ ।
२०१६ को जुनसम्म (छ महिनामा) ८१ करोड ८२ लाख रुपैयाँको बोसो आयात भएको व्यापार तथा निकासी प्रवद्धन केन्द्रले जनाएको हो।
तीन बर्षको तथ्यांक हेर्दा बर्षैपिच्छे दोब्बरभन्दा बढी आयात भइरहेको देखिन्छ ।
आयात (तथ्यांक)
सन् २०१३ः ३ करोड ६८ लाख
सन् २०१४ः २४ करोड १६ लाख
सन् २०१५ः ६७ करोड ३५ लाख
सन् २०१६ः ८१ करोड ८२ लाख जुनसम्म । नागरिक दैनिकबाट ।