उपत्यकामा १० वर्षभित्र ‘मेट्रो रेल’, सरकारी तयारी पूरा भए उपत्यकाको जमिन मुनी र माथि रेल कुद्ने

<p>काठमाडौं १४, माघ भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले १० वर्षभित्र उपत्यकामा ‘मेट्रो रेल’ सञ्चालन गर्ने तयारी रहेको बताएका छन्। उपत्यकाको यातायात व्यवस्था अस्तव्यस्त भएको प्रति चिन्ता व्यक्त गर्दै लेखकले ‘फ्लाइ ओभर’, ‘मेट्रो रेल’ लगायतका वैकल्पिक पूर्वाधार निर्माण गर्नेबारे मन्त्रालयका अधिकारीसँग छलफल भइरहेको बताए। मुलुकका विभिन्न स्थानमा सडक संरचना पुर्‍याउनेबारे मन्त्रालयले तीव्र गतिमा काम [&hellip;]</p>

mono_metro-railकाठमाडौं १४, माघ भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले १० वर्षभित्र उपत्यकामा ‘मेट्रो रेल’ सञ्चालन गर्ने तयारी रहेको बताएका छन्।

उपत्यकाको यातायात व्यवस्था अस्तव्यस्त भएको प्रति चिन्ता व्यक्त गर्दै लेखकले ‘फ्लाइ ओभर’, ‘मेट्रो रेल’ लगायतका वैकल्पिक पूर्वाधार निर्माण गर्नेबारे मन्त्रालयका अधिकारीसँग छलफल भइरहेको बताए।

मुलुकका विभिन्न स्थानमा सडक संरचना पुर्‍याउनेबारे मन्त्रालयले तीव्र गतिमा काम अघि बढाएको दाबी उनले गरे ।

सरकारी योजना सफल भए उपत्यकाको जमिन माथि र जमिन मुनि रेल कुद्ने भएको छ । जमिनमाथि तीन वटा र जमिन मुनि दुई वटा रुटनमा रेल कुद्ने उल्लेख छ ।

मन्त्री लेखकले नेपालको भौतिक योजनाको प्रगति र कामको गति निकै सकारात्मक भइरहेकोले सरकारी योजना पूरा गर्न सहज हुने दाबी पनि गरे । कान्तिपुर दैनिकबाट ।

Share News