पानीको प्रेसर मापन नभएसम्म सडक अस्तव्यस्थ, पाइप विछ्याएको ठाउँमा तत्काल सडक नबन्ने

<p>काठमाडौं १४, माघ । मेलम्ची आयोजनाले काठमाडौं उपत्यकाको मुख्य सडक छेउ र भित्री गल्लीमा पाइप विछ्याउँनको लागि सडक खनिरहेको छ । सडक खन्दै धमाधम पाइप पनि विछ्याउँने काम भइरहेको छ । पानीको पाइपका लागि खनिएको सडक तत्काल भने नबन्ने भएको छ । पानीको प्रेसर नाप्नको लागि सडक अस्तव्यस्त नै हुनेभएकोले केही समय धुवाँ, धुलो र [&hellip;]</p>

melamchi_waterकाठमाडौं १४, माघ । मेलम्ची आयोजनाले काठमाडौं उपत्यकाको मुख्य सडक छेउ र भित्री गल्लीमा पाइप विछ्याउँनको लागि सडक खनिरहेको छ ।

सडक खन्दै धमाधम पाइप पनि विछ्याउँने काम भइरहेको छ । पानीको पाइपका लागि खनिएको सडक तत्काल भने नबन्ने भएको छ ।

पानीको प्रेसर नाप्नको लागि सडक अस्तव्यस्त नै हुनेभएकोले केही समय धुवाँ, धुलो र असहजता सहनुपर्ने भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले बताए । उनका अनुसार मेलम्चीको पानी घरघरमा पुर्याउँन पानीको प्रेसर नाप्नको लागि पनि सडक तत्काल बनाउँन निमिल्ने अवस्था रहेको छ ।

मेलम्ची खानेपानी आयोजनका अनुसार पाइप विछ्याउँनासाथ सडक निर्माण गरिहाल्ने र पाइप पुरेर मर्मत हुने होइन । पानीको पाइप विछ्याएपनि कम्तिमा ५ सय देखि १००० मिटरसम्ममा पानीको प्रेसर मापन गर्नुपर्छ । मेलम्ची खानेपानी आयोजनाका पुनर्वास विज्ञ गिरिबहादुर सुनारका अनुसार जुन आकारको पाइप हो सोही अनुसार पाइपभरी पानी हाल्नुपर्छ ।

पाइपको आकार अनुसार डेड देखि २ घण्टासम्म पानी हाल्नुपर्छ र प्रेसर दिएर हेर्नुपर्छ । यसबाट मिटर राम्रोसँग चल्यो भने कहि कतै पानी लिक नभएको थाहा हुन्छ । कहि कतै लिक भए तुरुन्त बाटो भत्काएर बनाउन संभवन नहुने भएकोले पनि पानीको प्रेसर मापन नगरेसम्म पाइप पुर्न नमिल्ने पनि मेलम्ची खानेपानी आयोजनाका पुनर्वास विज्ञ सुनारले बताए ।melamchi-21

उनका अनुसार पानी लिन नभए र पाइप ठीक भएपनि मात्रै त्यसलाई पुर्नुपर्ने हुन्छ । मेलम्ची नआउँदै पानी टेष्ट गर्नुपर्छ, मेलम्ची आएपनि निरन्तर पानी नै पाइपबाट पठाउनुपर्ने पनि उनको भनाइ छ ।

उनका अनुसार हाल कम्तिमा ६५ प्रतिशत पाइप विछ्याउने काम सकिएको छ । एउटा ठाँउमा मात्रै पाइप राखेर प्रेसर टेस्ट गर्न पनि मिल्दैन । धेरै ठाँउमा पाइप हालेपछि मात्रै  मिल्छ ।

पानी टेण्ड गर्न निर्माण व्यवासायीको सहकार्यमा धेरेवटा ट्यांकरबाट पानी ओसार्नुपर्छ । उनका अनुसार कतिपय पाइपम एक ट्यांकर पानी एउटै पाइपमा जान्छ । दुइ घण्टासम्म निरन्तर एकनासले पानी पठाउनुपर्ने भएकोले पनि उपत्यकामा पानी जुटाउन निकै चुनौतिपूर्ण रहेको पनि उल्लेख छ । पानी टेष्ट गर्न हजारौ ट्यांकर पानी लाग्छ ।

मेलम्चीको पानी आगामी दशैंसम्म राजधानी आइपुग्ने भएको छ । काठमाडौं उपत्यका खानेपानी तथा सरसफाई आयोजनाको आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार राजधानी बासीले दैनिक २ देखि ४ घण्टासम्म मेलम्चीको पानी निरन्तर आउने भएको छ ।

रिङरोड भित्रका ८३ हजार ५ सय ७३ घरधुरीले दैनिक चार घण्टासम्म पानी पाउनेछन् । मेलम्चीको पानी आएपछि भवनका अढाई तल्लासम्म मोटर जडान नगरे पनि पानी चढ्नेछ । त्यसका लागि ६ किलोको प्रेसरमा घर घरमा पानी जाने पनि मेलम्ची आयोजानाले जानकारी दिएको छ ।

कसैको धारामा पानी गएरनगएको वा कसैले पानी चोरे पनि सहजै पत्ता लगाउन सकिनेछ । अढाइ तल्ला सम्म मोटर जडान नगरि पानी चढ्छ र कसैले पानी चोरेमा पनि तुरुन्तै थाहा पाउने सूचना प्रणाली जडान भएको छ

 

Share News