सबैभन्दा ठूलो दुर्लभ सियामी गोहीको गुँड कम्बोडियामा भेटियो

<p>काठमाडौं । कम्बोडियाको अलैंची राष्ट्रिय निकुञ्जमा लगभग लोप भइसकेका सियामी गोहीका पाँचवटा गुँड फेला परेका छन् । जुन २० वर्षभन्दा बढीमा भेटिएको सबैभन्दा ठूलो संख्या हो । एक संरक्षणवादी समूहले उक्त गुँडहरु फेला पारेको बताइएको छ । यी पाँच गुँडहरूमा १०६ वटा अण्डाहरू थिए । सियामी गोही अन्तर्राष्ट्रिय युनियन फर कन्जर्भेसन अफ नेचरको रेड लिस्टमा [&hellip;]</p>

काठमाडौं । कम्बोडियाको अलैंची राष्ट्रिय निकुञ्जमा लगभग लोप भइसकेका सियामी गोहीका पाँचवटा गुँड फेला परेका छन् । जुन २० वर्षभन्दा बढीमा भेटिएको सबैभन्दा ठूलो संख्या हो ।

एक संरक्षणवादी समूहले उक्त गुँडहरु फेला पारेको बताइएको छ । यी पाँच गुँडहरूमा १०६ वटा अण्डाहरू थिए । सियामी गोही अन्तर्राष्ट्रिय युनियन फर कन्जर्भेसन अफ नेचरको रेड लिस्टमा क्रिटिकली एन्जर्डको रूपमा सूचीकृत छ ।

विश्वभर करिब १ हजार सियामी गोहीहरू छन् । जसमध्ये कम्बोडियामा ३०० भन्दा बढी छन् ।

Share News