चुनावी मैदान छाड्ने बाईडेनको घोषणा, कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवार

<p>काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनले राष्ट्रपति बन्ने चुनावी दौडबाट बाहिरिएको घोषणा गरेका छन् । उनले आफ्नो ठाउँमा डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारका रूपमा उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सारेका हुन् । ८१ वर्षिय बाइडनले एक लिखित विज्ञप्ति जारी गर्दै आइतवार राती आफ्नो ‘पार्टी र देशको हितका लागि’ आफूले पुनः राष्ट्रपति बन्ने योजना त्याग गरेको [&hellip;]</p>

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनले राष्ट्रपति बन्ने चुनावी दौडबाट बाहिरिएको घोषणा गरेका छन् । उनले आफ्नो ठाउँमा डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारका रूपमा उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सारेका हुन् ।

८१ वर्षिय बाइडनले एक लिखित विज्ञप्ति जारी गर्दै आइतवार राती आफ्नो ‘पार्टी र देशको हितका लागि’ आफूले पुनः राष्ट्रपति बन्ने योजना त्याग गरेको बताएका हुन् । उनले राष्ट्रपतिका रूपमा काम गर्ने अवसरलाई आफूले ‘ठूलो सम्मानको रूपमा लिएको’ र ज्यानुअरीसम्म रहने आफ्नो कार्यकाल पूरा गर्ने पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।

रिपब्लिकन पार्टीबाट भने उम्मेद्वारका रूपमा डोनाल्ड ट्रम्प चुनावी मैदानमा उत्रिएका छन् । गत साता उनीमाथि हत्या प्रयास भएको थियो । त्यसको एक सातापछि बाईडेनको चुनावी मैदान छाड्ने घोषणा गरेका हुन् ।

Share News