पहिलो त्रैमासिकमा र्‍यान एयरको नाफा ४६ प्रतिशत घट्यो

<p>लण्डन । कम हवाई भाडाले मागमा भएको उछाललाई पूरा गर्दा पहिलो त्रैमासिकमा खुद नाफा लगभग आधा घटेको आयरल्याण्डको सस्तो एयरलाइन्स सेवा (र्&#x200d;यान एयर) ले सोमबार जनाएको छ । र्&#x200d;यान एयरका अनुसार करपछिको नाफा १२ महिना अघिको तुलनामा जुन महिनामा सकिएको त्रेमासिकमा ४६ प्रतिशतले घटेर ३६ करोड युरो (३९ करोड २० लाख अमेरिकी डलर) मा झरेको [&hellip;]</p>

लण्डन । कम हवाई भाडाले मागमा भएको उछाललाई पूरा गर्दा पहिलो त्रैमासिकमा खुद नाफा लगभग आधा घटेको आयरल्याण्डको सस्तो एयरलाइन्स सेवा (र्‍यान एयर) ले सोमबार जनाएको छ ।

र्‍यान एयरका अनुसार करपछिको नाफा १२ महिना अघिको तुलनामा जुन महिनामा सकिएको त्रेमासिकमा ४६ प्रतिशतले घटेर ३६ करोड युरो (३९ करोड २० लाख अमेरिकी डलर) मा झरेको छ ।

भाडा समायोजनपछि यात्रुको संख्या भने १० प्रतिशतले बढेर ५ करोड ५५ लाख पुगेको छ । औसत हवाई भाडा १५ प्रतिशतले घटेको डबलिनमा मुख्यालय रहेको र्‍यान एयर विमान कम्पनीले जनाएको छ ।

एयरलाइनले यस वर्ष इस्टरको समयले पनि प्रभावित भएको जनाएको छ ।

र्‍यान एयरका अनुसार दोस्रो त्रैमासिकमा पनि कम भाडादरको प्रभावको वातावरण कायमै रहेको छ ।

‘दोस्रो त्रैमासिकको माग बलियो भए पनि मूल्य निर्धारण हामीले अपेक्षा गरेभन्दा सुलभ छ र अब हामी दोस्रो त्रैमासिकको भाडा गत ग्रीष्मऋतुको तुलनामा कम हुने अपेक्षा गर्दछौं,’ प्रमुख कार्यकारी माइकल ओ लेरीले भने ।

उनले थपे, ‘र्‍यान एयरले नयाँ बोइङ विमानहरूको आपूर्तिमा थप ढिलाइको सामना गर्नु नपरेमा बर्षभरिमा विमान सेवा प्रयोग गर्नेको संख्या ८ प्रतिशत वृद्धि भई करिब २० करोड पुग्ने अपेक्षा गरिएको छ ।’ एजेन्सी

Share News