सम्पदा लघुवित्तद्वारा बीमा क्षतीपूर्ति बापतको रकम हस्तान्तरण

<p>काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाले बीमा क्षतीपूर्ति बापतको रकम भुक्तानी गरेको छ । कम्पनीको नयाँ शाखा कार्यालय नयाँसाँघु गोरखाले सिरानचोक गाउँपालिका ६ का सदस्य अशोक विश्वकर्माको मृत्यु भए पश्चात् पाउनुपर्ने बीमा क्षतीपूर्ति रकम सदस्यको श्रीमतीलाई उपलब्ध गराएको कम्पनीले जनाएको छ । मृतक विश्वकर्माले कम्पनीबाट व्यवसायको लागि बिना धितो कर्जा ५ लाख रुपैयाँ लिएकोमा मृत्यु [&hellip;]</p>

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाले बीमा क्षतीपूर्ति बापतको रकम भुक्तानी गरेको छ ।

कम्पनीको नयाँ शाखा कार्यालय नयाँसाँघु गोरखाले सिरानचोक गाउँपालिका ६ का सदस्य अशोक विश्वकर्माको मृत्यु भए पश्चात् पाउनुपर्ने बीमा क्षतीपूर्ति रकम सदस्यको श्रीमतीलाई उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

मृतक विश्वकर्माले कम्पनीबाट व्यवसायको लागि बिना धितो कर्जा ५ लाख रुपैयाँ लिएकोमा मृत्यु भएपछि नियम अनुसार कर्जाको साँवा र ब्याजससहित ४ लाख १० हजार रुपैयाँ मिनाहागरी ६ लाख ८४ हजार रुपैयाँ कम्पनीका अध्यक्ष कृष्ण बहादुर थापासहितका पदाधिकारीले उनको श्रीमति सिता विश्वकर्मालाई प्रदान गरेका हुन् ।

Share News