इन्डोनेसिया जान चाहनेका लागि १० वर्षको ‘गोल्डेन भिसा’, कर्पोरेट लगानीकर्ताका लागि छुट्टै व्यवस्था

<p>काठमाडौं । लामो समय देश बाहिर बिताउन चाहनेहरूका लागि खुसीको खबर छ । इन्डोनेसियाले विदेशी पर्यटक र लगानीकर्तालाई आकर्षित गर्न दीर्घकालीन भिसा योजना सुरु गरेको छ । यसअन्तर्गत लगानीकर्तालाई १० वर्षसम्मको भिसा दिइँदैछ । यस योजनाको नाम गोल्डेन भिसा योजना हो । यस योजनाअन्तर्गत विदेशीहरूले इन्डोनेसियामा १० वर्षसम्म बस्न वा सो अवधिसम्म व्यापार गर्न सक्नेछन् [&hellip;]</p>

काठमाडौं । लामो समय देश बाहिर बिताउन चाहनेहरूका लागि खुसीको खबर छ । इन्डोनेसियाले विदेशी पर्यटक र लगानीकर्तालाई आकर्षित गर्न दीर्घकालीन भिसा योजना सुरु गरेको छ । यसअन्तर्गत लगानीकर्तालाई १० वर्षसम्मको भिसा दिइँदैछ ।

यस योजनाको नाम गोल्डेन भिसा योजना हो । यस योजनाअन्तर्गत विदेशीहरूले इन्डोनेसियामा १० वर्षसम्म बस्न वा सो अवधिसम्म व्यापार गर्न सक्नेछन् । तर, यो सुविधा निःशुल्क भने छैन । यसका लागि ठूलो रकम खर्चिनुपर्ने छ ।

इकोनोमिक टाइम्सका अनुसार इन्डोनेसिया सरकारको यो योजनाअन्तर्गत ५ र १० वर्षका लागि भिसा दिइँदै आएको छ । ५ वर्षको भिसा प्राप्त गर्न व्यक्तिगत लगानीकर्ताले कम्तीमा २.५ मिलियन डलरको कम्पनी स्थापना गर्नुपर्छ। जबकि १० वर्षे भिसाका लागि ५ मिलियन डलर लगानी गर्नुपर्नेछ ।

कम्पनी खोल्न नचाहनेहरूले ३ लाख ५० हजार डलर लगानी गरेर ५ वर्षको अनुमति प्राप्त गर्न सक्छन् । १० वर्षको अनुमतिका लागि दोब्बर रकम ६ करोड लगानी गर्नुपर्नेछ । यो रकम सरकारी ऋणपत्र, सार्वजनिक कम्पनीको सेयरमा लगानी गर्न वा निक्षेपको रूपमा राख्न सकिन्छ ।

कर्पोरेट लगानीकर्ताका लागि फरक मापदण्ड

कर्पोरेट लगानीकर्ताका लागि अलग-अलग मापदण्ड राखिएको छ । आफ्ना निर्देशक र आयुक्तहरूका लागि ५ वर्षको भिसा चाहने कम्पनीहरूले २५ मिलियन डलर लगानी गर्नुपर्नेछ ।

१० वर्षको भिसाका लागि ५० मिलियन डलरको लगानी आवश्यक हुनेछ । बोर्नियोको जङ्गलमा निर्माण भइरहेको सहरमा कसैले लगानी गरेमा ५ वर्षको भिसाका लागि ५० मिलियन डलर र १० वर्षको भिसाका लागि १० मिलियन डलरसम्म कम हुनेछ । यो नयाँ सहर ३२ अर्ब डलरको लागतमा निर्माण भइरहेको छ ।

अहिलेसम्म ३०० ले पाए गोल्डेन भिसा

इन्डोनेसियाको अध्यागमन एजेन्सीका प्रमुख सिल्मी करिमले रोयटर्सलाई यस योजनाको परीक्षण चरण गत वर्ष सुरु गरिएको बताइन् । त्यसयता करिब ३ सय आवेदकलाई गोल्डेन भिसा दिइएको छ । यसले इन्डोनेसियामा १२३ मिलियन डलर लगानी गरेको छ ।

करिमका अनुसार इन्डोनेसियाली अधिकारीहरूले इन्डोनेसियाली मूलका विदेशी नागरिकहरूलाई विशेष दर्जा दिने विचार गरिरहेका छन् । यो पहल भारतको ओभरसीज सिटिजनशिप अफ इन्डिया (ओसीआई) कार्यक्रमसँग मिल्दोजुल्दो हुनेछ, जसले भारतीय मूलका व्यक्तिहरूलाई अनिश्चित कालका लागि भारतमा बस्न, काम गर्न र यात्रा गर्न अनुमति दिन्छ ।

यस्तो योजना ल्याउनेमा इन्डोनेसिया पहिलो देश भने होइन । अन्य देशहरूले पनि यस्ता योजनाहरू लिएर आएका छन् । क्यानडा, बेलायत र सिंगापुर जस्ता देशहरूले भर्खरै यस्ता योजनाहरू बन्द गरेका छन् । यी देशका सरकारहरूले यस्तो भिसाले प्रभावकारी रूपमा रोजगारी सिर्जना गर्दैन, यस्ता योजनाहरू सट्टेबाजी उद्देश्यका लागि प्रयोग गर्न सकिन्छ भन्ने उनीहरूले निष्कर्ष निकालेका छन् । एजेन्सी

Share News