काठमाडौं । नेपाल चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाईन्सले आफ्नो दोस्रो नयाँ विमान ए-३२० लाई मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गराएको छ । हैम्बर्ग, जर्मनबाट उडान गरिएको, ९एन-एएलभी रजिष्ट्रेशन नम्बरको उक्त विमानलाई पानीको तोपद्वारा सलामका साथ स्वागत गरिएको छ ।

उक्त स्वागत कार्यक्रममा संकृति पर्यटन तथा नागरीक उड्डयन मन्त्री जीवनबहादुर शाही तथा नेपाल नागरीक उड्डयनका प्रबन्धक निर्देशक देवेन्द्र उपाध्याय र साथै प्राधिकरणका पदाधिकारीहरु सहभागी थिए । उक्त बहुप्रतिक्षित नयाँ एअरबस ए-३२० लाई स्वागत गर्न हिमालय एअरलाइन्सका विजय श्रेष्ठ, उपाध्यक्ष-प्रशासन, कप्तान जतिनदर पालसिहं ढिल्लन उपाध्यक्ष -अपरेशन लगायत कम्पनीका पदाधिकारीहरुको सहभागी थियो ।

यस एअरलाईन्सका प्रशासन-उपाध्यक्ष विजय श्रेष्ठले भने,“दोस्रो एअरवस ए-३२० को आगमनसँगै यस हिमालय एअरलाईन्सको समुह आगामी दिनमा ग्राहकहरुको उत्कृष्ट सेवाको लागी अत्याधिक मेहनतका साथ प्रस्तुत हुनेछ ।” साथै, नेपाललाई नयाँ गन्तव्य सँग जोड्ने अवसर ल्याउनुका साथै नेपालको आर्थिक बृद्धिमा समेत मद्दत गर्ने श्रेष्ठले बताए । उनले स्थापनाको पहिलो वर्षमै दुईवटा विमान सञ्चालनमा आउनु हिमालय एअरलाइन्स् तथा देशकै पर्यटन एंवहवाई उद्योगमा कोषे ढुङ्गा सवित भएको बताए ।
१५८ सिट क्षमता रहेको हिमालय एअरलाइन्सको नयाँविमान ए-३२०लाई दुई वर्गमा विभाजन गरिएको छ, जसमध्ये ८ वटा सिट विजनेस क्लासको लागि छुट्याइएको छ भने बाँकी १५० वटा इकोनोमी क्लासको रहेको छ । हिमालय एअरलाइन्स दुवै वर्गका उपभोक्ताहरुलाई आकाशमा उच्चस्तरीय र आरामदायी उडानको अनुभव गराउने कम्पनीले जनाएको छ ।