इजरायलको आक्रमणबाट हमासका शीर्ष नेता इस्माइल हानिया मारिए

<p>काठमाडौं । हमासका एक उच्च नेता इरानमा मारिएका छन् । हमासले आफ्ना शीर्ष नेता इस्माइल हानिया इरानको राजधानी तेहरानमा मारिएको जनाएको छ । तेहरानस्थित हानिया बसेकै स्थानमा इजरायलले आक्रमण गरेर मारेको हमासले बुधबार वक्तव्य जारी गर्दै जानकारी दिएकाे छ । यसबारेमा इजरायलका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । हमासका अनुसार कतारमा बस्दै आएका हानिया इरानका [&hellip;]</p>

काठमाडौं । हमासका एक उच्च नेता इरानमा मारिएका छन् । हमासले आफ्ना शीर्ष नेता इस्माइल हानिया इरानको राजधानी तेहरानमा मारिएको जनाएको छ ।

तेहरानस्थित हानिया बसेकै स्थानमा इजरायलले आक्रमण गरेर मारेको हमासले बुधबार वक्तव्य जारी गर्दै जानकारी दिएकाे छ । यसबारेमा इजरायलका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

हमासका अनुसार कतारमा बस्दै आएका हानिया इरानका नयाँ राष्ट्रपति मसुद पेजेस्कियानको पदभार ग्रहण गर्ने समारोहमा भाग लिन तेहरान गएका थिए ।

उनको उपनाम अबू अल अब्द हो ।६२ वर्षीय हानिया हमासका पोलिटब्युरोका प्रमुख थिए । उनको जन्म प्यालेस्टाइन शरणार्थी शिविरमा भएको थियो ।

उनी सन् २००६ मा प्यालेस्टाइनको प्रधानमन्त्रीको रूपमा नियुक्त भएका थिए ।

इरानको इस्लामिक रिभोलस्नरी गार्डका अनुसार हानियासँगै उनका एक सुरक्षाकर्मी पनि मारिएका छन् । इरानका सञ्चार माध्यमले पनि हानिया मारिएको पुष्टि  गरेका छन् । बीबीसी

Share News