काठमाडौं । गत आर्थिक वर्ष २०८०/०८१ मा लघु जीवन बीमा कम्पनीहरुले करिब १७ करोड रुपैयाँ बढीको व्यापार गरेका छन् । हाल नेपालमा सञ्चालनमा रहेका ३ लघु जीवन बीमा कम्पनीले एक वर्षमा १६ करोड ९७ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् ।
जसमध्ये सबैभन्दा धेरै व्यापार गर्नेमा क्रेष्ट माइक्रो लाइफ रहेको छ । क्रेष्टले ९ करोड ७६ लाख रुपैयाँको व्यापार गर्दा गार्डियन माइक्रो लाइफले ४ करोड २२ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यसैगरी लिबर्टी माइक्रोले २ करोड ९१ लाख रुपैयाँको व्यापार गरेको छ ।
हालसम्म उक्त कम्पनीहरुको १ लाख ६८ हजार ५७ वटा बीमालेख सक्रिय रहेको छ ।