बङ्गलादेशमा नोबेल पुरस्कार विजेता युनुसले आज नयाँ सरकारको सपथ लिने

<p>काठमाडौं । बङ्गलादेशका सेना प्रमुख जनरल वेकर–उज–जमानले नोबेल पुरस्कार विजेता मुहम्मद युनुस स्वदेश फर्किएपछि आज बिहीबार साँझ नयाँ अन्तरिम सरकारले सपथ लिने भएका छन् । ‘हामी बुधबार सपथ ग्रहण समारोह आयोजना गरेका छौं, करिब ८ बजे (जिएमटी १४ बजे) गर्न सक्छौँ, सपथ ग्रहण समारोहमा करिब ४ सय व्यक्ति उपस्थित हुने सम्भावना छ,’ उनले भने । [&hellip;]</p>

काठमाडौं । बङ्गलादेशका सेना प्रमुख जनरल वेकर–उज–जमानले नोबेल पुरस्कार विजेता मुहम्मद युनुस स्वदेश फर्किएपछि आज बिहीबार साँझ नयाँ अन्तरिम सरकारले सपथ लिने भएका छन् ।

‘हामी बुधबार सपथ ग्रहण समारोह आयोजना गरेका छौं, करिब ८ बजे (जिएमटी १४ बजे) गर्न सक्छौँ, सपथ ग्रहण समारोहमा करिब ४ सय व्यक्ति उपस्थित हुने सम्भावना छ,’ उनले भने ।

युनुस अन्तरिम सरकारको नेतृत्व गर्न बङ्गलादेशमा आउँदा उनले ‘लोकतान्त्रिक प्रक्रिया’ मार्फत बङ्गलादेशको नेतृत्व गर्ने सेना प्रमुखले बताए ।

‘उहाँ यस्तो गर्न अत्यन्त उत्सुक हुनुहुन्छ, मलाई विश्वास छ, उहाँले हामीलाई सुन्दर लोकतान्त्रिक प्रक्रियामार्फत लैजान सक्षम हुनुहुनेछ र यसबाट हामी लाभान्वित हुनेछौँ,’ सेना प्रमुखले भने ।

नवनियुक्त प्रहरी प्रमुखद्वारा माफी

यसैबीच बङ्गलादेशका नवनियुक्त प्रहरी प्रमुखले बुधबार घातक विरोध प्रदर्शनका क्रममा अधिकारीहरूको आचारणका लागि माफी मागेका छन् । साथै उनले हत्याको ‘निष्पक्ष’ छानबिन गर्ने वाचा गरेका छन् ।

‘हामी विद्यार्थी, सर्वसाधारण र प्रहरीको हालैका हरेक हत्याको निष्पक्ष छानबिन गर्न प्रतिबद्ध छौँ,’ प्रहरी महानिरीक्षक मोहम्मद मैनुल इस्लामले भने ।

‘अहिलेको आन्दोलनमा हाम्रा यसअघिका जिम्मेबार अधिकारीहरूले देशवासीको अपेक्षा अनुरूप आफ्नो जिम्मेबारी पूरा गर्न सकेनन्,’ प्रधानमन्त्री पदबाट हटेपछि आफ्नो नियुक्ति भएको एक दिनपछि उनले भने ‘म स्वयं प्रहरी प्रमुखका रूपमा यसका लागि बङ्गलादेश प्रहरीका तर्फबाट माफी माग्छु ।’

Share News