कालीमाटीमा तरकारी सस्तियो, प्रतिकेजी मूल्य १० देखि २० रुपैयाँसम्म किन्न पाइन्छ फर्सी, आलु, काउली, गोलभेडा, प्याज

<p>काठमाडौं । कालमाटी फलफूल तथा तरकारी बजारमा तरकारीको मूल्य सस्तो भएको छ । दैनिक प्रयोगमा आउने र धेरै खपत हुने तरकारीको मूल्य प्रतिकिलो १० रुपैयाँदेखि २० रुपैयाँमा कारोबार भईरहेको छ । कालमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शुक्रबार हरियो फर्सी १० रुपैयाँमा कारोबार भईरहेको छ । मुला प्रतिकेजी १२ रुपैयाँ, आलु, काउली, गोलभेडा [&hellip;]</p>

काठमाडौं । कालमाटी फलफूल तथा तरकारी बजारमा तरकारीको मूल्य सस्तो भएको छ । दैनिक प्रयोगमा आउने र धेरै खपत हुने तरकारीको मूल्य प्रतिकिलो १० रुपैयाँदेखि २० रुपैयाँमा कारोबार भईरहेको छ ।
green-veg
कालमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शुक्रबार हरियो फर्सी १० रुपैयाँमा कारोबार भईरहेको छ । मुला प्रतिकेजी १२ रुपैयाँ, आलु, काउली, गोलभेडा प्रतिकेजी १५ रुपैयाँमा कारोबार भएको छ । भारत र तराई क्षेत्रबाट तरकारीको आपूर्ति बढेकोले मूल्य घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले बताए ।

प्रयाजसो प्रतिकेजी ५० रुपैयाँ भन्दा माथि हुने सुकेको प्याजको मूल्य पनि प्रतिकेजी २४ रुपैयाँमा झेरको छ । अदुवाको मूल्य पनि ४० रुपैयाँमा झरेको छ । केही महिनाअघि सुकेको प्याज प्रतिकेजी १३० रुपैयाँसम्म पुगको थियो । चिनियाँ प्याज र अदुवाको आपूर्ति बढेकोले यी उत्पादनको मूल्य घटेको बताईएको छ ।

स्थानीय बजारमा उत्पादन हुने रायो, पालुङ्ग, चमसुर, सिमी, बन्दाकोवी, भण्टा, गाजर लगायतका हरिया साग सब्जी पनि प्रतिकिलो ३० रुपैयाँमा कारोबार भईरहेको छ ।

फलफूलको मूल्य भने खासै घटेको छैन । स्याउको मूल्य प्रतिकेजी ९० रुपैयाँ छ । अनार २००, कागती ४००, अंगुर १४० रुपैयाँमा कारोबार भईरहेको छ ।

Share News