
म्यानमार राइस फेडेरेसन (एमआरएफ) को तथ्यांकअनुसार म्यानमारले अप्रिल २०२४–०२५ को पहिलो पाँच महिनामा ७ लाख १८ हजार २८१ टन चामल र टुक्रा चामल निर्यात गरेको छ ।
म्यानमारले निर्यातबाट ३५३ मिलियन अमेरिकी डलर कमाएको एमआरएफले जनाएको छ ।
अगस्टमा कुल २ लाख ७ हजार ३६९ टन चामल र टुक्रा चामल निकासीबाट ९७ मिलियन डलर राजश्व आर्जन भएको महासंघले जनाएको छ ।
पाँच महिनाको अवधिमा म्यानमारले इण्डोनेसिया, चीन, फिलिपिन्स, नेदरल्याण्ड्स र बेल्जियमलगायत ३० भन्दा बढी देशमा समुन्द्री र जमिन दुवै मार्गबाट चामल र टुक्रा चामल निकासी गरेको छ ।
आर्थिक वर्ष २०२३–२४ मा म्यानमारले १६ लाख टन चामल र टुक्रा चामल निर्यात गरी ८४ करोड ५० लाख डलरभन्दा बढी आम्दानी गरेको महासंघले जनाएको छ ।