आरम्भ माइक्रोफाइनान्सको केन्द्र प्रमुख गोष्ठी सम्पन्न

<p>काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लि. शाखा कार्यालय मेलम्ची, सिन्धुपाल्चोकको शनिबार केन्द्र प्रमुख गोष्ठी सम्पन्न भएकोे छ । वित्तीय संंस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न गोष्ठीमा उक्त कार्यालय अन्र्तगतका केन्द्रका केन्द्र प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको समसामयिक विषय र ग्राहक सदस्यहरुको सुझाव लिने अभिप्रायले आयोजित गोष्ठीमा बार्षिक मुल्याङ्कनको आधारमा प्रथम, [&hellip;]</p>

काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लि. शाखा कार्यालय मेलम्ची, सिन्धुपाल्चोकको शनिबार केन्द्र प्रमुख गोष्ठी सम्पन्न भएकोे छ । वित्तीय संंस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न गोष्ठीमा उक्त कार्यालय अन्र्तगतका केन्द्रका केन्द्र प्रमुखहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको समसामयिक विषय र ग्राहक सदस्यहरुको सुझाव लिने अभिप्रायले आयोजित गोष्ठीमा बार्षिक मुल्याङ्कनको आधारमा प्रथम, द्धितिय र तृतिय हुने केन्द्रलाइ प्रमुख अतिथि विनोद आचार्यले नगद सहित प्रमाणपत्र वितरण गरेका थिए ।

संस्थाले २०७३ माघ मसान्तसम्म १६ वटा शाखा कार्यालयहरु संचालनमा ल्याई करिब ६ हजार ९०० भन्दा बढि घर परिवारलाई लघुवित्त वित्तीय सेवाहरु प्रदान गरेको छ । यस अवधिमा संस्थाले १ करोड ८९ लाख भन्दा बढि रकम बचत संकलन गरी हालसम्म ३३ करोड २९ लाख रुपैयाँ लगानी गरेको छ भने, करिव ११ करोड ८३ लाख रुपैयाँ असूली गरी संस्थाको लगानीमा बाँकी रहेको रकम २१ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

Share News