इयूले लेबनानलाई दिने सहायता तीन करोड युरोले वृद्धि

<p>काठमाडौं । युरोपेली संघ (इयू) ले इजरायल र हिजबुल्लाहबीच जारी द्वन्द्वका कारण लेबनानलाई थप तीन करोड युरो (तीन करोड ३० लाख अमेरिकी डलर) मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले भनिन्, &#8216;हामीले लेबनानका जनताका लागि मानवीय सहायता बढाएका छौं।&#8217; उनले थपिन्, &#8216;हाम्रो नयाँ कोष (सहयोग) ले यो धेरै [&hellip;]</p>

काठमाडौं । युरोपेली संघ (इयू) ले इजरायल र हिजबुल्लाहबीच जारी द्वन्द्वका कारण लेबनानलाई थप तीन करोड युरो (तीन करोड ३० लाख अमेरिकी डलर) मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले भनिन्, ‘हामीले लेबनानका जनताका लागि मानवीय सहायता बढाएका छौं।’

उनले थपिन्, ‘हाम्रो नयाँ कोष (सहयोग) ले यो धेरै कठिन समयमा नागरिकहरूले धेरै आवश्यक सहायता प्राप्त गर्ने सुनिश्चित गर्नेछ ।’

अध्यक्ष लेयेनले मध्यपूर्वमा निरन्तर तनाव बढ्दै गएकाेमा चिन्ता पनि व्यक्त गरिन् ।

उनले भनिन्, ‘मध्यपूर्वमा निरन्तर तनाव बढ्दै गएकोमा म निकै चिन्तित छु । निर्दोष नागरिकको जीवन रक्षाका लागि सबै दलले सक्दो प्रयास गर्नुपर्छ ।’

युरोपेली संघको पछिल्लो सहायता प्याकेज सप्ताहन्तमा घोषणा गरिएको १० मिलियन युरोभन्दा माथि रहेको छ । यससँगै लेबनानका लागि युरोपेली सङ्घको मानवीय सहायता यस वर्ष १०० मिलियन युरोभन्दा बढी पुगेको छ।

इजरायलले लेबनानको हिजबुल्लाहविरुद्ध हवाई आक्रमण गर्दै सीमापार आफ्ना सेना पठाएको छ ।

लेबनानमा इजरायली बमबारीमा एक हजारभन्दा बढीको ज्यान गइसकेको छ भने हिजबुल्लाहका लामो समयदेखिका प्रमुख हसन नसरल्लाह हवाई आक्रमणमा मारिएका छन् ।

लेबनानका अधिकारीहरूले इजरायली आक्रमणका कारण करिब १० लाख मानिस आफ्नो घर छोड्न बाध्य भएको बताएका छन्।

Share News