इजिप्टको कुल ग्रार्हस्थ उत्पादन वृद्धि दर २.४ प्रतिशतमा झर्यो

<p>काठमाडौं । इजिप्टको कुल ग्राहस्थ उत्पादन वृद्धि दर जुनमा समाप्त भएको आर्थिक वर्ष २०२३/२४ मा २.४ प्रतिशतमा झरेको छ । जुन अघिल्लो आर्थिक वर्षको ३.८ प्रतिशतबाट घटेको देशको योजना तथा आर्थिक विकास मन्त्रालयले उल्लेख गरेको छ । भूराजनीतिक तनाव र सरकारले बृहत आर्थिक स्थिरता पुनःस्थापना गर्न सरकारले अपनाएको मितव्ययिता नीति विशेषगरी सार्वजनिक लगानीको कडा शासनमार्फत [&hellip;]</p>

काठमाडौं । इजिप्टको कुल ग्राहस्थ उत्पादन वृद्धि दर जुनमा समाप्त भएको आर्थिक वर्ष २०२३/२४ मा २.४ प्रतिशतमा झरेको छ । जुन अघिल्लो आर्थिक वर्षको ३.८ प्रतिशतबाट घटेको देशको योजना तथा आर्थिक विकास मन्त्रालयले उल्लेख गरेको छ ।

भूराजनीतिक तनाव र सरकारले बृहत आर्थिक स्थिरता पुनःस्थापना गर्न सरकारले अपनाएको मितव्ययिता नीति विशेषगरी सार्वजनिक लगानीको कडा शासनमार्फत गिरावट भएको जनाइएकाे छ  ।

सुएज नहर राजश्व क्षेत्रीय भूराजनीतिक तनावबाट सबैभन्दा बढी प्रभावित भएको उल्लेख छ ।

गत आर्थिक वर्षको तुलनामा २०२३/२४ आर्थिक वर्षमा ३० प्रतिशतले गिरावट आएको छ । साथै नयाँ इनार अन्वेषणमा वैदेशिक लगानी कम भएकाले तेल र प्राकृतिक ग्यासको उत्पादन ४.७ प्रतिशतले घटेको छ ।

Share News