चंगा देखियो, पर्व आएको आभाष (फोटो-फिचर)

<p>काठमाडौं । दशैं-तिहार नजिकिएसँगै काठमाडौंमा चंगा देखिन थालेको छ । काठमाडौंमा वर्षाका देवता इन्द्रलाई पानी पुग्यो अब नबर्साउनु भन्ने सन्देश दिन चंगा उडाउने चलन बसेको जनविश्वास छ । यता आकाशमा रंगीविरंगी चंगा उड्न थालेपछि दशैंको माहोल सुरु भएको पनि भनिन्छ । अहिले काठमाडौं उपत्यकाका गल्ली चोकदेखि व्यापारी क्षेत्रमा चंगाको व्यापार बढेको छ, पसलेलाई ग्राहकको माग [&hellip;]</p>

काठमाडौं । दशैं-तिहार नजिकिएसँगै काठमाडौंमा चंगा देखिन थालेको छ । काठमाडौंमा वर्षाका देवता इन्द्रलाई पानी पुग्यो अब नबर्साउनु भन्ने सन्देश दिन चंगा उडाउने चलन बसेको जनविश्वास छ ।

यता आकाशमा रंगीविरंगी चंगा उड्न थालेपछि दशैंको माहोल सुरु भएको पनि भनिन्छ । अहिले काठमाडौं उपत्यकाका गल्ली चोकदेखि व्यापारी क्षेत्रमा चंगाको व्यापार बढेको छ, पसलेलाई ग्राहकको माग पूरा गर्न हम्मेहम्मे परेको छ  ।

अहिले कागजबाट बनेको चंगाभन्दा भारतबाट आएको रंगीविरंगी प्लास्टिकका चंंगाले स्थान ओगटेको छ । नेपालमै बनाइने चंगा महँगो भएकोले भारतीय बजारबाट ल्याइएको प्लास्टिकको चंगाप्रति उपभोक्ताको रोजाइ परेको बिक्रेताहरूले बताएका छन् ।

Share News