टाटा समूहको सम्पत्ति पाकिस्तानको जीडीपी भन्दा धेरै

<p>काठमाडाैं । टाटा ग्रूप अफ कम्पनिजको सम्पत्ति पाकिस्तानको कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा धेरै रहेको छ । टाटा ग्रूप अफ कम्पनिजको कुल सम्पत्ति ३६५ अर्ब डलर पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसबाट टाटाको सम्पत्ति पाकिस्तानको जीडीपी भन्दा पनि बढी रहेको देखिन्छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पाकिस्तानको जीडीपी करिब ३४१ अर्ब डलर हुने अनुमान गरेको छ। चियादेखि [&hellip;]</p>

काठमाडाैं । टाटा ग्रूप अफ कम्पनिजको सम्पत्ति पाकिस्तानको कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा धेरै रहेको छ । टाटा ग्रूप अफ कम्पनिजको कुल सम्पत्ति ३६५ अर्ब डलर पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यसबाट टाटाको सम्पत्ति पाकिस्तानको जीडीपी भन्दा पनि बढी रहेको देखिन्छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पाकिस्तानको जीडीपी करिब ३४१ अर्ब डलर हुने अनुमान गरेको छ। चियादेखि ज्यागुअर ल्यान्डरोभर कारसम्म र नुन बनाउनेदेखि विमान उडाउने तथा तारे होटल सञ्चालनसम्म जीवनका विभिन्न क्षेत्रमा टाटाको प्रभाव देखिन्छ।

यसरी सरसर्ती हेर्दा पाकिस्तानको जीडीपी भन्दा टाटा समूहको सम्पत्ति १९ अर्ब डलर धेरै छ ।

टाटा कन्सल्टेन्सी सर्भिसेजको मात्रैको सम्पत्ति १७० अर्ब अमेरिकी डलर बराबर छ।

यो कम्पनी भारतको दोस्रो ठूलो कम्पनी हो। यसको सम्पत्ति नै पाकिस्तानको अर्थतन्त्रको आधाजति छ।

टाटा कम्पनी अहिलेको अवस्थामा एकैदिनमा पुगेको भने होइन। यसका लागि १५० वर्षभन्दा बढी समय लागेको छ। यद्यपि भारतीय जीवनका धेरै क्षेत्रमा टाटा भारतको पहिलो कम्पनी बनेको छ।

आठ फेब्रुअरी, १९११ मा लोनावाला बाँधको शिलान्यास गर्दा टाटा समूहका प्रमुख दोराबजी टाटाले सन् १८६८ मा यो कम्पनीको जग हाल्ने आफ्ना पिता जमशेदजी टाटाको सोचबारे कुरा गरेका थिए।

अहिले यो १० वर्गका ३० कम्पनीको एउटा प्रमुख समूह बनेको छ। टाटाले छ महादेशका १०० भन्दा बढी देशमा आफ्नो सेवा प्रदान गर्दै आएको छ।

दोराबजी टाटाले भनेका थिएर्, सम्पत्ति कमाउनु मेरो बुबाको लागि गौढ विषय थियो। उहाँले यो देशका जनताको औद्योगिक र वैचारिक अवस्थामा सुधार गर्ने कुरालाई प्राथमिकता दिनुभएको थियो। उहाँले आफ्नो जीवनकालमा सुरु गरेका विभिन्न संस्थाको वास्तविक उद्देश्य ती महत्त्वपूर्ण क्षेत्रहरूको विकास गर्नु थियो।’

भारतमा ब्रिटिश शासन भएका बेला १९ औँ शताब्दीको अन्त्यतिर जमशेदजी टाटाले बम्बईस्थित एउटा महँगो होटेलमा प्रवेश नदिइएको र त्यसैको ईख लिएर उनले त्योभन्दा पनि भव्य होटल बनाउने अठोट गरेको भनिन्छ।

ब्रिटिश उपनिवेश भएका बेला भारतमा सर्वसाधारण मानिसलाई कतिपय सुविधाहरूबाट वञ्चित गरिएको थियो।

टाटा सन्स टाटा कम्पनीहरूको मूल लगानी होल्डिङ कम्पनी र प्रवर्धक हो।

टाटा सन्सको ६६ प्रतिशत इक्विटी शेअर र पुँजी शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना तथा कला र संस्कृतिका क्षेत्रमा काम गर्ने परोपकारीहरूसँग छ।

हामीले टाटा कम्पनीको कर्पोरेट कम्युनिकेशनलाई सम्पर्क गर्ने प्रयास गरेका थियौँ तर उनीहरूसँग सम्पर्क हुन सकेन।

टाटा कम्पनीले हालसम्म आफ्ना कम्पनीको सम्पत्तिको तथ्याङ्क सार्वजनिक नगरे पनि जुलाई ३१, २०२३ सम्म आफ्नो सम्पत्ति ३०० अर्ब डलर रहेको घोषणा गरेको थियो।

कम्पनीमा विश्वभरि १० लाखभन्दा बढी कर्मचारी कार्यरत रहेको पनि उसले बताएको थियो ।

कम्पनीका अनुसार टाटा कम्पनी वा इन्टरप्राइजले आफ्नो सञ्चालक समितिको नेतृत्व र सुपरिवेक्षणबारे स्वतन्त्र रूपमा काम गर्ने गर्छ।

टाटाको अभूतपूर्व सफलताको बारेमा हामीले आर्थिक विशेषज्ञ शङ्कर अय्यरसँग कुरा गरेका थियौँ।

उनले भनेर्, अम्बानी वा अडानीको नाम आउँछ किनभने उनीहरूका कम्पनीहरू व्यक्तिगत हुन्। तर टाटा विभिन्न कम्पनीहरूको समूह हो र एउटा ट्रस्टअन्तर्गत सञ्चालित छ। त्यसैले यसको चर्चा गरिँदैन।’

फोनमा कुरा गर्दै उनले कर्पोरेट जगत्‌मा यस्तो तुलनालाई आफूले सही नमान्ने भए पनि भारतमा धेरै मामिलामा टाटा कम्पनी जननीजस्तो भएको बताए।

उर्जा क्षेत्रमा काम गर्ने कम्पनी जीई इन्डियाको अलस्टोम इन्डियाका पूर्वप्रबन्ध निर्देशक र हाल ह्योसुङ इन्डिया लिमिटेडका प्रबन्ध निर्देशक नागेश तलवानीले भनेर्, टाटाको समृद्धिको प्रमुख कारण यसको नैतिक, निष्पक्ष र पारदर्शी प्रणाली हो। त्यसले कर्मचारीहरूसँग बलियो सम्बन्ध बनाउँछ।’

उनका अनुसार टाटाको पुँजी लगानीका लागि स्पष्ट दृष्टिकोण र रणनीति रहेको छ। त्यसको उदाहरणका रूपमा उनले स्टारबक्स, क्रोमा कन्सेप्ट र ज्यागुअरजस्ता ब्रान्ड किन्ने उसको निर्णयलाई प्रस्तुत गरे।

टाटाले चर्चा नखोजी र लगनशील भएर काम गर्ने गरेको उनी ठान्छन्।

उनले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत टाटाले आफ्नो ब्रान्डलाई बुद्धिमत्तापूर्वक राख्न सकेको पनि बताए।
‘त्यसका कारण पनि देशभरिका उपभोक्ताहरू उनीहरूसँग जोडिएका छन् र उनीहरू सुरक्षित महसुस गर्छन् किनभने उनीहरूका लागि यो ब्रान्ड विश्वसनीय छ,’ उनले भने।

(बीबीसी नेपालीबाट साभार गरिएकाे)

Share News