भारतीय सेयर बजार इतिहासमै ठूलो आईपीओ, हुण्डाईले तोड्यो एलआईसीको रेकर्ड

<p>काठमाडौं । हुण्डाई मोटर्सको सहायक कम्पनी हुण्डाई मोटर्स इन्डीयाले प्राथमिक सेयर निष्काशन (आईपीओ) खुला गरेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार कम्पनीले आज अक्टोवर १५ तारिखदेखि करिब ३ खर्ब भारतीय रुपैयाँ बराबरको आईपीओ खुल्ला गरेको हो । हुण्डाई मोटर्स इन्डीयाको आईपीओ भारतीय सेयर बजारको इतिहासमै सबैभन्दा ठूलो दाबी गरिएको छ । साथै कम्पनीको आईपीओ एशियाकै [&hellip;]</p>

काठमाडौं । हुण्डाई मोटर्सको सहायक कम्पनी हुण्डाई मोटर्स इन्डीयाले प्राथमिक सेयर निष्काशन (आईपीओ) खुला गरेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार कम्पनीले आज अक्टोवर १५ तारिखदेखि करिब ३ खर्ब भारतीय रुपैयाँ बराबरको आईपीओ खुल्ला गरेको हो ।

हुण्डाई मोटर्स इन्डीयाको आईपीओ भारतीय सेयर बजारको इतिहासमै सबैभन्दा ठूलो दाबी गरिएको छ । साथै कम्पनीको आईपीओ एशियाकै ठूला आईपीओहरूको सूचीमा समेत रहेको बताइएको छ । यसअघि भारतमा सबैभन्दा ठूला आईपीओ ल्याएको रेकर्ड लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी)को नाममा थियो । एलआईसी इण्डीयाले दुई वर्षअघि अर्थात् सन २०२२ मा २ खर्ब १० अर्ब भारुको आईपीओ निष्कासन गरेको थियो ।

तर, एलआईसीको रेकर्ड ब्रेक गर्दै हुण्डाई मोटर्स इन्डीयाले हालसम्मकै ठूलो आईपीओ जारी गर्न लागेको हो । करिब २ दशकपछि भारतीय सेयर बजारमा अटो क्षेत्रको आईपीओ आएको बताइएको छ । जसलाई लिएर लगानीकर्ता निकै उत्साहित बनेका छन् ।

कम्पनीले २ खर्ब ७८ अर्ब ७९ करोड १६ लाख भारुको १४ करोड २१ लाख ९४ हजार ७ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको आईपीओको मूल्य प्रतिकित्ता १ हजार ८६५ रुपैयाँदेखि १ हजार ९६० रुपैयाँ तोकिएको छ ।

हुण्डाई इन्डियाले आईपीओमार्फत् आफ्नो १७.५ प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो । जसमध्ये क्यूआईपीका लागि ५० प्रतिशत, एनआईआईका लागि १५ प्रतिशत र सर्वसाधारण लगानीकर्ताका लागि २५ प्रतिशत सेयर छुट्याइएको छ । साथै कम्पनीका कर्मचारीका लागि ७ लाख ७८ हजार ४ सय कित्ता सेयर छुट्याइएको छ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम ७ कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ । सो आधारमा कम्पनीको आईपीओ खरिद गर्न कम्तीमा १३ हजार ७२० रुपैयाँ लगानी गर्नुपर्ने देखिन्छ । हुन्डाई इन्डियाका कर्मचारीलाई भने प्रतिकित्ता १८६ रुपैयाँ छुट दिइएको छ । उक्त आईपीओका लागि अक्टोवर १७ तारिखसम्म आवेदन दिन सकिने बताइएको छ ।

Share News