पाँच बर्षमै ९ खर्बको विदेशी औषधी खाईयो, ४८ प्रतिशत बढ्यो आयात

<p>काठमाडौं । नेपालीले पाँच बर्षमै ९ खर्ब ३६ अर्बको विदेशी औषधी खाएका छन् । पछिल्लो पाँच बर्षमा औषधीको आयात ४८ दशमलब ३० प्रतिशतले बढेको छ । आर्थिक बर्ष २०६८/६९ सालमा १३ अर्ब ७१ करोडको औषधी आयात भएको थियो । यो मात्रा २०७२/७३ सालमा आइपुग्दा २६ अर्ब ५२ करोड पुगेको छ । आर्थिक बर्ष २०६९/७० मा [&hellip;]</p>

काठमाडौं । नेपालीले पाँच बर्षमै ९ खर्ब ३६ अर्बको विदेशी औषधी खाएका छन् । पछिल्लो पाँच बर्षमा औषधीको आयात ४८ दशमलब ३० प्रतिशतले बढेको छ । आर्थिक बर्ष २०६८/६९ सालमा १३ अर्ब ७१ करोडको औषधी आयात भएको थियो । यो मात्रा २०७२/७३ सालमा आइपुग्दा २६ अर्ब ५२ करोड पुगेको छ ।

आर्थिक बर्ष २०६९/७० मा १५ अर्ब २१ करोड मूल्य बराबरका औषधी आयात भएको छ । १६ अर्ब ६२ करोडको औषधी आव ०७०/७१ मा आयात भएको छ । त्यस्तै, ०७१/७२ मा २१ अर्ब ५८ करोड रुपैंयाँ बराबरको औषधी आयात भएको छ ।

गत बर्ष ३६ अर्ब २० करोडको औषधी कारोबार भएको थियो । त्यसमध्ये १६ अर्ब २० करोडको बजार आन्तरिक उत्पादनले धानेको थियो भने २० अर्बको औषधी आयात गरिएको थियो । ६ अर्बका भने विभिन्न उपकरणहरु आयात भएको नेपाल औषधी उत्पादक संघका बरिष्ठ उपाध्यक्ष दिपक दाहालले बताए ।

‘हामीलाई सरकारले सघाउने हो भने हामी चाँडै आत्मनिर्भर बनेर निर्यात गर्न सक्ने अवस्थामा पुग्नेछौं ।’ दाहालले भने । उनले औषधी उद्योगीलाई नगद अनुदान वा स्वदेशीमा उत्पादित औषधीको आयातमा प्रतिबन्ध लगाउनु पर्नेमा पनि जोड दिए ।

हाल एक सय वटा औषधीमा नेपाल आत्मनिर्भर रहेको र लार्ज भोल्युम प्यारेन्टलको एउटै उद्योगले त्यसमा पनि आत्मनिर्भरता कायम गराउन सकिने उनको दावी थियो ।

Share News