हामीले चुनाव हार्यौैँ, नतिजा स्वीकार गर्छौं : कमला ह्यारिस

<p>काठमाडौं । अमेरिकी प्रजातान्त्रिक राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसले निर्वाचनमा पराजित भएको स्वीकार गरेकी छन् । वाशिंगटनडीसीको हावर्ड विश्वविद्यालयमा एक समारोहका क्रममा उनले आफूहरूको अभियानमा गर्व गरेको र निर्वाचनको नतिजा स्वीकार गरेको बताइन् । आफ्नो भाषणमा ह्यारिसले डेमोक्र्याटका प्रमुख मुद्दाहरू जस्तै गर्भपात, बन्दुक हिंसा र समान न्यायलाई प्राथमिकता दिइन् । उनले आफूले निर्वाचित राष्ट्र डोनाल्ड [&hellip;]</p>

काठमाडौं । अमेरिकी प्रजातान्त्रिक राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसले निर्वाचनमा पराजित भएको स्वीकार गरेकी छन् ।

वाशिंगटनडीसीको हावर्ड विश्वविद्यालयमा एक समारोहका क्रममा उनले आफूहरूको अभियानमा गर्व गरेको र निर्वाचनको नतिजा स्वीकार गरेको बताइन् । आफ्नो भाषणमा ह्यारिसले डेमोक्र्याटका प्रमुख मुद्दाहरू जस्तै गर्भपात, बन्दुक हिंसा र समान न्यायलाई प्राथमिकता दिइन् ।

उनले आफूले निर्वाचित राष्ट्र डोनाल्ड ट्रम्पसँग कुरा गरेको र उनलाई विजयको लागि बधाई दिएको बताइन् । शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न आफू तयार रहेको बताइन् ।

Share News