नेपाल इजरायल चेम्बर अफ कमर्सको स्थापना, शिशिर भट्टको नेतृत्वमा ७ सदस्य कार्यसमिति गठन

<p>काठमाडौं । नेपाल र इजरायलबीच ब्यापार, लगानीलगायतका आर्थिक गतिविधिलाई प्रोत्ताहन गर्ने उद्देश्यले नेपाल इजरायल चेम्बर अफ कमर्सको स्थापना भएको छ । नेपाल इजरायल चेम्बर अफ कमर्सको राजधानीको अन्नपूर्ण होटलमा मंगलबार आयोजित विशेष समारोहमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत तथा नेपालका लागि इजरायली राजदूत यरोन मेयरले मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा संयुक्तरुपमा चेम्बर स्थापना भएको घोषणा गरे । [&hellip;]</p>

काठमाडौं । नेपाल र इजरायलबीच ब्यापार, लगानीलगायतका आर्थिक गतिविधिलाई प्रोत्ताहन गर्ने उद्देश्यले नेपाल इजरायल चेम्बर अफ कमर्सको स्थापना भएको छ ।

नेपाल इजरायल चेम्बर अफ कमर्सको राजधानीको अन्नपूर्ण होटलमा मंगलबार आयोजित विशेष समारोहमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत तथा नेपालका लागि इजरायली राजदूत यरोन मेयरले मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा संयुक्तरुपमा चेम्बर स्थापना भएको घोषणा गरे ।

परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले नेपाल इजरायल चेम्बरले दुई देशबिचको आर्थिक व्यापारीक सम्बन्धलाई सहयोग पुग्ने बताए । उनले इजरायलको प्रविधलाई नेपाल भित्र्याएर कृषिको उत्पादकत्व बढाउन सकिने भन्दै अब राजनीतिक भन्दा विकासको बारेमा छलफल गर्नुपर्ने बताए ।

नेपालका लागि इजरायली राजदूत मेयरले नेपाल राजनीतिक स्थीर आर्थिक विकासतर्फ उन्मुख भएको भन्दै इजरालयको क्षमता र प्रविधिलाई नेपालमा प्रयोग गर्न सकिने बताए । अब दुई मुलुकबिच संयुक्त लगानीका लागि सहजिकरण गर्नुपर्ने उनको भनाई थियो ।

नेपाल इजरायल चेम्बर अफ कमर्सको नवगठित समितिको अध्यक्षमा शिशिरकुमार भट्ट, उपाध्यक्ष रविचन्द्र सिंह, महासचिव जेआर (सागर) थापा, कोषाध्यक्ष हेमन्त गोल्छा तथा सदस्यहरुमा शैलेन्द्रकुमार श्रेष्ठ, सन्दिपकुमार शारदा र सुदीप आचार्य रहेका छन् ।

संस्था उद्घाटन अबसरमा इजरायलका कृषि विज्ञ जेभि हम्र्यानले ‘इजरायलको वाटर टेक्नोलोजी’ बारे आफ्नो प्रस्तुति दिए । हम्र्यान इजरायल सरकारको कृषि तथा ग्रामीण विकास मन्त्रालयका पूर्वसल्लाहकार हुन् । उनी अहिले एलआर ग्रपको कृषि विभागको विजनेस डेभलपमेन्ट कार्यकारी निर्देशक छन् ।

Share News