चीनमा २०२३ मा २.४४ ट्रिलियन चुरोटको खिल्ली बिक्री, सरकारी कम्पनी नै धूम्रपान नियन्त्रणमा बाधक

<p>काठमाडौं । विश्वकै सबैभन्दा ठूलो चुरोट कम्पनी &#8216;चीन नेशनल टोबाको कर्पोरेसन&#8217; &#8216;चीन टोबाको&#8217; लाई मानिन्छ, जसको बारेमा सायदै मानिसले सुनेका होलान् । चीन टोबाकोले चीनको चुरोट उत्पादन र बिक्रीमा लगभग एकाधिकार राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्ला चार वर्षदेखि चीनमा खुद्रा चुरोट बिक्री बढ्दै गइरहेको र सन् २०२३ मा २.४४ ट्रिलियन चुरोट खिल्ली बिक्री [&hellip;]</p>

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो चुरोट कम्पनी ‘चीन नेशनल टोबाको कर्पोरेसन’ ‘चीन टोबाको’ लाई मानिन्छ, जसको बारेमा सायदै मानिसले सुनेका होलान् ।

चीन टोबाकोले चीनको चुरोट उत्पादन र बिक्रीमा लगभग एकाधिकार राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्ला चार वर्षदेखि चीनमा खुद्रा चुरोट बिक्री बढ्दै गइरहेको र सन् २०२३ मा २.४४ ट्रिलियन चुरोट खिल्ली बिक्री भएको  जनाइएकाे छ । २०२८ सम्ममा २.४८ ट्रिलियन खिल्ली चुराेट बिक्री हुने अनुमान युरोमोनिटरले गरेको छ ।

युरोमोनिटरले स्लिम चुरोटको लोकप्रियता बढ्दै गएको पनि उल्लेख गरेकाे छ, जसलाई धेरैजसो ‘कम टार’ भएको भनेर प्रचारप्रसार गरिन्छ । साथै विभिन्न प्रकारका स्वादयुक्त चुरोटहरू पनि बढिरहेको देखिन्छ ।

चीन टोबाकोले प्रवर्द्धन गरेका यी प्रवृत्तिले विश्वव्यापी रूपमा चुरोट बिक्री घटिरहेको समय चीनको धूम्रपान बजारलाई भने सुदृढ बनाएको हाे । २०१९ देखि २०२३ सम्ममा विश्वभरमा वार्षिक चुरोट बिक्री लगभग २.७ % घटेर ५.१८ ट्रिलियनमा पुगेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएच‌ओ)का अनुसार चीनमा ३० करोडभन्दा बढीले धूम्रपान गर्छन्, जसले विश्वका कुल धूम्रपानकर्ताको लगभग एक-तिहाई हिस्सा ओगटेका छन् ।

यद्यपि बेइजिङले धूम्रपान दर घटाउन प्रतिबद्धता जनाएको भए पनि यसले चुरोट बिक्रीमा खासै प्रभाव पारेको छैन । चीनको स्टेट टोबाको मोनोपोली एडमिनिस्ट्रेशन (एसटीएमए) ले २०२३ मा चीनको चुरोट उद्योगले १.५ ट्रिलियन युआन (२१० अर्ब अमेरिकी डलर) को राजस्व आर्जन गरेको बताएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४.३ % ले बढी हो ।

चीन टोबाकोले देशको टोबाको उत्पादन र बिक्रीमा ९७ % हिस्सा ओगटेको अनुमान छ ।

२०१९ मा चीन टोबाकोले २० देशमा आफ्नो पहुँच विस्तार गरेको थियो, जसमा बिक्री कार्यालय, उत्पादन कारखाना र विशेष चुरोट खरिद कम्पनीहरू समावेश थिए । २०२३ मा चीनको चुरोट निर्यातमा २२.२% ले वृद्धि भएको जनाइएकाे छ ।

विश्वको दोस्रो ठूलो टोबाको कम्पनी फिलिप मोरिस इन्टरनेशनलले २०२३ मा ३५.२ अर्ब अमेरिकी डलरको आम्दानी गरेकाे जनाइएकाे छ ।

चीन टोबाकोको अवस्थामा भने उद्योग र सरकारी नीतिबीच प्रत्यक्ष सम्बन्ध रहेको छ । कम्पनीको स्थापना १९८२ मा एक केन्द्रीय योजनाअन्तर्गत विशेष उद्देश्यका साथ गरिएको थियो ।

चीनको एसटीएमए देशको टोबाको नियन्त्रण नीतिको निर्धारणमा सिधै संलग्न छ । चीन टोबाको एक कम्पनी र नियामक निकाय दुवैको रूपमा काम गर्दै आएकाले यसले स्वार्थको द्वन्द्व सिर्जना गरिरहेको विज्ञहरू बताउँछन् ।

एक विज्ञका अनुसार चीन टोबाकोले यो आन्तरिक स्थितिकाे फाइदा उठाउँदै सरकारभित्र आफ्नो प्रभावलाई प्रभावकारी रूपमा प्रयोग गरी टोबाकाे नियन्त्रण नीतिको अपनाइमा अवरोध पुर्‍याइरहेको छ ।

२०१४ सम्म यो विशाल संस्थाले पाँच लाखभन्दा बढी कर्मचारी राखेको थियो र ३३ प्रान्तीय टोबाको निगरानी ब्यूरो, ५७ चुरोट उत्पादन गर्ने कम्पनी र एक हजारभन्दा बढी साना व्यवसायहरूलाई नियन्त्रण गरेको थियो ।

बाथ युनिभर्सिटीका अनुसार यो कम्पनीले चीनको कर राजस्वमा १२% सम्म योगदान गरिरहेको अनुमान गरिएको छ । (एजेन्सीको सहयोगमा)

Share News