अडानी र उनका भतिजविरुद्ध नोटिस जारी, २१ दिनभित्र जवाफ पेश गर्नुपर्ने

<p>काठमाडौं । अमेरिकी धितोपत्र तथा विनिमय आयोग (एसईसी) ले अडानी समूहका अध्यक्ष गौतम अडानी र उनका भतिज सागर अडानीविरुद्ध नोटिस जारी गरेको छ । जसमा दुवैलाई २१ दिनभित्र जवाफ दिन भनिएको छ । सोलार ऊर्जाको ठेक्का लिनका लागि २६५ मिलियन डलर करोड (३२०० करोड रुपैयाँभन्दा बढी) घूस दिएको आरोपसँग सम्बन्धित मुद्दामा एसईसीले जवाफ मागेको हो [&hellip;]</p>

काठमाडौं । अमेरिकी धितोपत्र तथा विनिमय आयोग (एसईसी) ले अडानी समूहका अध्यक्ष गौतम अडानी र उनका भतिज सागर अडानीविरुद्ध नोटिस जारी गरेको छ । जसमा दुवैलाई २१ दिनभित्र जवाफ दिन भनिएको छ ।

सोलार ऊर्जाको ठेक्का लिनका लागि २६५ मिलियन डलर करोड (३२०० करोड रुपैयाँभन्दा बढी) घूस दिएको आरोपसँग सम्बन्धित मुद्दामा एसईसीले जवाफ मागेको हो । अमेरिकी अदालतले दुवैविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

यो नोटिस गौतम अडानीको निवास (शान्तिवन फार्म) र सागर अडानीको निवास (बोडकदेव हाउस) अहमदाबादमा पठाइएको छ । सूचना पाएको २१ दिनभित्र (सूचना पाएको दिन बाहेक) दुवैले घुस दिएको अभियोगमा आ–आफ्नो अडान स्पष्ट गर्नुपर्ने उल्लेख छ । यो सूचना न्यूयोर्क पूर्वी जिल्ला अदालतबाट नोभेम्बर २१ मा पठाइएको थियो ।

नोटिसमा के छ ?

सूचनामा भनिएको छ, ‘यो नोटिस प्राप्त भएको २१ दिन भित्र (निवेदन प्राप्त गरेको दिन समावेश हुँदैन), तपाईंले वादी (एसईसी) लाई संलग्न उजुरी वा संघीय नियमावली १२ अन्तर्गतको प्रस्तावको जवाफ पेश गर्नुपर्छ ।’

यसमा यो पनि भनिएको छ, ‘तपाईंले जवाफ दिन असफल भएमा तपाईंविरुद्ध पूर्वनिर्धारित फैसला प्रविष्ट गरिनेछ । तपाईंले अदालतमा आफ्नो जवाफ वा प्रस्ताव पनि पेश गर्नुपर्नेछ ।

घुस दिएको आरोप

अडानी र उनका भतिजासहित कुल ८ जनामाथि अमेरिकी अभियोजनकर्ताले घुस लिएको आरोप लगाएका छन् । अभियोजकहरूका अनुसार सौर्य ऊर्जाको ठेक्का लिनका लागि भारतीय सरकारी अधिकारीहरूलाई २६५ मिलियन डलर घुस दिएको आरोप छ ।

अडानी समूहद्वारा आरोप अस्वीकार

अडानी समूहले बिहीबार नै स्पष्टीकरण दिएको छ । अडानी ग्रीनका निर्देशकहरू विरुद्ध लगाएको घुसखोरीको आरोप निराधार भएको समूहले विज्ञप्ति जारी गर्दै बताएकाे छ ।

विज्ञप्तिमा अमेरिकी न्याय विभागले भर्खरै आरोप दायर गरेको र दोषी प्रमाणित नभएसम्म प्रतिवादीहरू निर्दोष मानिने उल्लेख गरिएको छ । यस विषयमा सम्भावित सबै कानुनी उपायहरू अवलम्बन गरिने पनि उल्लेख गरिएको छ ।

आरोप लागेसँगै उनको सेयरमा ठूलो गिरावट आएको थियाे । २०२३ को सुरुमा हिन्डनबर्ग रिसर्चको रिपोर्ट आएपछि पनि अडानीको सेयर घटेको थियो । यो गिरावट २०२३ पछिको सबैभन्दा ठूलो गिरावट हो । (एजेन्सीहरूको सहयोगमा)

Share News