भारतको विदेशी मुद्रा सञ्चिति ७ दिनमा १७ अर्ब अमेरिकी डलरभन्दा बढीको गिरावट

<p>काठमाडौं । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले जारी गरेको आधिकारिक तथ्याङ्कअनुसार नोभेम्बर १५ मा समाप्त भएको सातामा भारतको विदेशी मुद्रा सञ्चिति १७.७६१ अर्ब अमेरिकी डलरले घटेर ६५७.८९२ बिलियन अमेरिकी डलरमा पुगेको छ। सन् १९९८ मा आरबीआईले साप्ताहिक डाटा जारी गर्न थालेदेखि यो देशको विदेशी मुद्रा सञ्चितिमा भएको सबैभन्दा तीब्र गिरावट हो । विदेशी [&hellip;]</p>

काठमाडौं । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले जारी गरेको आधिकारिक तथ्याङ्कअनुसार नोभेम्बर १५ मा समाप्त भएको सातामा भारतको विदेशी मुद्रा सञ्चिति १७.७६१ अर्ब अमेरिकी डलरले घटेर ६५७.८९२ बिलियन अमेरिकी डलरमा पुगेको छ।

सन् १९९८ मा आरबीआईले साप्ताहिक डाटा जारी गर्न थालेदेखि यो देशको विदेशी मुद्रा सञ्चितिमा भएको सबैभन्दा तीब्र गिरावट हो ।

विदेशी मुद्रा सञ्चितिमा भारी गिरावटको श्रेय भारतीय मुद्रा रुपैयाँलाई उकास्न आरबीआईले बजारमा अमेरिकी डलर छोडेको हो ।

Share News