एनपीएलको अफिसियल अम्पायर पार्टनर नेपाल पे, खड्का र प्रधानले गरे सम्झौता

<p>काठमाडौं । नेपाल प्रिमियर लिग २०२४ को अफिसियल अम्पायर पार्टनरको रूपमा नेपाल पे, नेपालको आफ्नै क्यूआर बनेको छ । एनपीएल २०२४ को अफिसियल अम्पायर पार्टनरको रूपमा नेपाल पे हुने गरी क्रिकेट असोसिएसन अफ नेपाल (क्यान) र नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) बीच सम्झौता भएको हो । क्यानका सचिव पारस खड्का र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) [&hellip;]</p>

काठमाडौं । नेपाल प्रिमियर लिग २०२४ को अफिसियल अम्पायर पार्टनरको रूपमा नेपाल पे, नेपालको आफ्नै क्यूआर बनेको छ । एनपीएल २०२४ को अफिसियल अम्पायर पार्टनरको रूपमा नेपाल पे हुने गरी क्रिकेट असोसिएसन अफ नेपाल (क्यान) र नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) बीच सम्झौता भएको हो ।

क्यानका सचिव पारस खड्का र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेश मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नेपालको पहिलो क्रिकेट लिग एनपीएल आजदेखि टियूको क्रिकेट मैदानमा शुरु हुँदैछ ।

राष्ट्रिय स्तरको भुक्तानीका पूर्वाधारहरू प्रदान गर्दै आएको एनसीएचएलले नेपाली क्रिकेटलाई समर्थन गर्न नेपालपे क्यूआरमार्फत एनपीएल २०२४ मा औपचारिक रुपमा आवद्ध भएको हो । उक्त साझेदारीले नेपाली क्रिकेटको विकासमा सहयोग पुग्नुका साथ यसको विकासमा टेवा पुग्ने विश्वास लिइएकोे छ ।

नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नृपाल क्यूआर मापदण्ड कार्यान्वयन गर्न, नेपाल पे क्यूआर एक स्वतन्त्र क्यूआर स्किमको रुपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्दै आएको छ । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपाल पे क्यूआरको अन्तरआबद्ध नेटवर्कमा ८ लाख ७५ भन्दा बढि मर्चेन्टहरु आबद्ध गरेका छन् । ग्राहकहरुले ४० वटा मोबाइल बैंकिङ्ग एप, ११ वटा वालेट एप तथा कनेक्टआइपीएसबाट नेपाल पे क्यूआरमा सहजै भुक्तानी गर्न सक्ने ब्यवस्था रहेको छ ।

Share News