एनपीएल विजेताले १.११ करोड र उपविजेताले ५० लाख पाउने, उत्कृष्ट खेलाडीलाई ६२ लाखको कार

<p>काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को विजेता टिमले १ करोड ११ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । नेपाल क्रिकेट संघ क्यानले उद्घाटन खेलसँगै आज सो पुरस्कारको घोषणा गरेको हो । क्यानका अनुसार उपविजेताले ५० लाख र तेस्रो स्थानमा रहनेले ३० लाख र चौथो हुनेले २० लाख पुरस्कार पाउने छन् । प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडीलाई [&hellip;]</p>

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को विजेता टिमले १ करोड ११ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । नेपाल क्रिकेट संघ क्यानले उद्घाटन खेलसँगै आज सो पुरस्कारको घोषणा गरेको हो ।

क्यानका अनुसार उपविजेताले ५० लाख र तेस्रो स्थानमा रहनेले ३० लाख र चौथो हुनेले २० लाख पुरस्कार पाउने छन् ।

प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार दिने क्यानले घोषणा गरेको छ । सम्झौता अनुसार एनपीएलमा उत्कृष्ट हुने नेपाली खेलाडीले लिग सकिएपछि ६२ लाख बराबरको ओमोडा ई–५ कार प्राप्त गर्नेछन् ।

Share News