भारतको विदेशी मुद्रा सञ्चिति १.३१ अर्ब अमेरिकी डलरले घट्यो

<p>काठमाडौं । भारतको विदेशी मुद्रा सञ्चिति १.३१ अर्ब अमेरिकी डलरले घटेर ६५६.५८२ बिलियन डलरमा पुगेको छ । देशको केन्द्रीय बैंकले सार्वजनिक गरेको आधिकारिक तथ्यांकले यस्तो देखाएको हो । विदेशी मुद्रा सञ्चितिको सबैभन्दा ठूलो घटक विदेशी मुद्रा सम्पत्ति ३ अर्ब ४३ करोड डलरले घटेर ५६६.७९१ अर्ब डलर पुगेको भारतीय रिजर्भ बैंकले जनाएको छ । तर समग्र [&hellip;]</p>

काठमाडौं । भारतको विदेशी मुद्रा सञ्चिति १.३१ अर्ब अमेरिकी डलरले घटेर ६५६.५८२ बिलियन डलरमा पुगेको छ ।

देशको केन्द्रीय बैंकले सार्वजनिक गरेको आधिकारिक तथ्यांकले यस्तो देखाएको हो ।

विदेशी मुद्रा सञ्चितिको सबैभन्दा ठूलो घटक विदेशी मुद्रा सम्पत्ति ३ अर्ब ४३ करोड डलरले घटेर ५६६.७९१ अर्ब डलर पुगेको भारतीय रिजर्भ बैंकले जनाएको छ ।

तर समग्र सुनको सञ्चिति १ अर्ब ८२८ करोड डलरले बढेर ६७ अर्ब ५७३ करोड डलर पुगेको छ । अघिल्लो साता (नोभेम्बर १५ मा समाप्त भएको) मा भारतको विदेशी मुद्रा सञ्चिति १७.७६१ बिलियन डलरले घटेको थियो ।

जसलाई एक सातामा अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट भनिएको थियो । सेप्टेम्बरमा ७०४.८८५ बिलियन डलरको सर्वकालीन उच्चमा पुगेको विदेशी मुद्रा सञ्चिति धेरै सातादेखि घट्दै गइरहेको थियो ।

Share News