ओमानसँगको व्यापार लक्ष्य ५ बिलियन अमेरिकी डलर पुर्‍याउने टर्किएको लक्ष्य, १० सम्झौतामा हस्ताक्षर

<p>काठमाडौं । टर्किएले ओमानसँगको व्यापारको मात्रा ५ अर्ब अमेरिकी डलरमा पुर्&#x200d;याउने लक्ष्य राखेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले यसलाई पहिलो चरणको लक्ष्य भएको बताए । यद्यपि यस चरणको समयावधि तोकिएको छैन । एर्दोगानले ओमानी सुल्तान हैथम बिन तारिक अल सइदसँग अंकारामा भएको संयुक्त पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेका हुन् । टर्कीका ठेकेदार कम्पनीहरूले [&hellip;]</p>

काठमाडौं । टर्किएले ओमानसँगको व्यापारको मात्रा ५ अर्ब अमेरिकी डलरमा पुर्‍याउने लक्ष्य राखेको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले यसलाई पहिलो चरणको लक्ष्य भएको बताए । यद्यपि यस चरणको समयावधि तोकिएको छैन ।

एर्दोगानले ओमानी सुल्तान हैथम बिन तारिक अल सइदसँग अंकारामा भएको संयुक्त पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेका हुन् । टर्कीका ठेकेदार कम्पनीहरूले ओमानमा हालसम्म ७ अर्ब डलरको परियोजना पूरा गरिसकेको एर्दोगानले बताए ।

आफ्नो पक्षबाट टर्किए भ्रमण गर्ने पहिलो ओमानी राज्य प्रमुख हैथमले क्षेत्रीय सहयोगलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

हैथमको भ्रमणका क्रममा दुवै पक्षले लगानी, कृषि, स्वास्थ्य, श्रम, संस्कृति, कुटनीति, केन्द्रीय बैंक तथा साना तथा मझौला उद्यमहरूबीचको सहकार्यलगायतका प्रमुख क्षेत्रहरूलाई समेट्ने १० वटा सम्झौतामा हस्ताक्षर गरेका छन् ।

Share News