भूकम्पपीडितलाई ऋण लिन घर धितो, ३ लाख ऋण लिन पाँच सर्त अनिवार्

<p>काठमाडौ‌ । सरकारले भूकम्पपीडितलाई ऋण लिन घरै धितो राख्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितलाई उपलब्ध गराउने घोषणा गरेको ३ लाख रुपैयाँको सहुलियत ऋणका लागि घर धितो राख्नुपर्ने देखि विभिन्न ५ सर्त राखेको छ । ३ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने व्यक्तिलाई थप ३ लाख ऋया लिने योजना कार्यान्वयनमा लैजान प्रधानमन्त्री पुष्पकमल दाहालले [&hellip;]</p>

काठमाडौ‌ । सरकारले भूकम्पपीडितलाई ऋण लिन घरै धितो राख्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितलाई उपलब्ध गराउने घोषणा गरेको ३ लाख रुपैयाँको सहुलियत ऋणका लागि घर धितो राख्नुपर्ने देखि विभिन्न ५ सर्त राखेको छ ।

३ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने व्यक्तिलाई थप ३ लाख ऋया लिने योजना कार्यान्वयनमा लैजान प्रधानमन्त्री पुष्पकमल दाहालले प्राधिकरणलाई निर्देशनसमेत दिएका छन् ।

प्राधिकरणले ऋण पाउन घर क्षति भई लाभग्राही सूचिमा परेको हुनुपर्ने, बन्न लागेको घर धितो राख्ने, बैंकलाई मान्य आयआर्जनको सुनिश्चितता गराउनुपर्ने, ऋणको भाकाभित्रै घर जग्गा बेचविखन गर्न नपाईने, ऋण नतिरेसम्म स्थानिय निकायको सेवा सुविधा रोकिनेसम्मको सर्त अगाडि सारेको छ । अन्नपूर्ण पोस्टबाट ।

Share News