१०० अर्ब डलर क्लबमा पुन: सामेल भए मुकेश अम्बानी

<p>काठमाडौं । मुकेश अम्बानी फेरि १०० अर्ब डलर क्लबमा सामेल भएका छन् । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार मंगलबार उनको कुल सम्पत्ति १.३० बिलियन डलरले बढेको छ । यो वर्ष अम्बानीको कुल सम्पत्ति ३ अर्ब ८४ करोड डलरले बढेको छ । विश्वका धनी व्यक्तिको सूचीमा उनी १७ औं स्थानमा छन् । यसैबीच, अडानी समूहका अध्यक्ष गौतम [&hellip;]</p>

काठमाडौं । मुकेश अम्बानी फेरि १०० अर्ब डलर क्लबमा सामेल भएका छन् । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार मंगलबार उनको कुल सम्पत्ति १.३० बिलियन डलरले बढेको छ ।

यो वर्ष अम्बानीको कुल सम्पत्ति ३ अर्ब ८४ करोड डलरले बढेको छ । विश्वका धनी व्यक्तिको सूचीमा उनी १७ औं स्थानमा छन् ।

यसैबीच, अडानी समूहका अध्यक्ष गौतम अडानीको नेटवर्थ पनि मंगलबार १ अर्ब ३९ करोड डलरले बढेको छ । उनी ८४.० अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा १९ औं स्थानमा छन् ।

यस वर्ष उनको कुल सम्पत्ति २६४ मिलियन डलरले घटेको छ । हालै अमेरिकी अभियोजकहरूले गौतम अडानी र केही उच्च अधिकारीमाथि घुसखोरीको आरोप लगाएका थिए । तर, अडानीले यी आरोप अस्वीकार गर्दै आएको छ ।

यी आरोपका कारण समूहको विशेषगरी अडानी ग्रीन इनर्जीको सेयरमा ठूलो गिरावट आएको थियो ।

शीर्ष ३ मा को-को ?

विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको नेटवर्थ मंगलबार ४.०६ अर्ब डलरले घटेको छ । योसँगै उनको कुल सम्पत्ति अहिले ३४९ अर्ब डलर पुगेको छ । यो वर्ष उनको कुल सम्पत्ति १२० अर्ब डलरले बढेको छ ।

मंगलबार सबैभन्दा बढी कमाइ मार्क जुकरबर्गको भएको छ । फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मका सीईओको कुल सम्पत्ति ७ अर्ब २० करोड डलरले बढेको छ । धनीहरूको सूचीमा जेफ बेजोस (२३४ बिलियन डलर) दोस्रो स्थानमा र जुकरबर्ग (२१७ बिलियन डलर) तेस्रो स्थानमा छन् ।

Share News