काठमाडौं । अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव जितेको एक महिना पूरा भएको छ । धेरै क्रिप्टोकरेन्सीले यो एक महिनामा लगानीकर्ताहरूलाई प्रतिफल दिएका छन् । क्रिप्टोकरेन्सीमध्येको एकले एक महिनामै १७० प्रतिशतभन्दा बढी रिटर्न दिएको छ । योसँगै विश्वकै महँगो क्रिप्टोकरेन्सी बिटकोइनको मूल्य पनि आकाशिएको छ ।
क्रिप्टोकरेन्सी बढ्नुको सबैभन्दा ठूलो कारण ट्रम्प स्वयं हुन् । उनले चुनावी अभियानका क्रममा क्रिप्टोकरेन्सीलाई समर्थन गरेका थिए । विश्वका धनी व्यक्ति एलन मस्कले पनि क्रिप्टोकरेन्सीको समर्थनमा वकालत गर्दै आएका छन् ।
अमेरिकामा भएको चुनावमा मस्कले ट्रम्पलाई खुलेर समर्थन गरेका थिए । ट्रम्पले मस्कलाई सरकारी दक्षता विभागको प्रमुख बनाएका छन् ।
ट्रम्पले अमेरिकाको धितोपत्र तथा विनिमय आयोग सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनको नेतृत्वका लागि पल एट्किन्सलाई मनोनयन गरेको घोषणा गरेका छन् । एट्किन्ससँग टोकन एलायन्सको सह-अध्यक्षको रूपमा क्रिप्टोकरेन्सी नीतिमा अनुभव छ ।
डगकोइन
डगकोइन क्रिप्टोकरेन्सी पछिल्लो एक महिनामा द्रुत रूपमा बढेको छ । यो मुद्रा मस्कको मनपर्ने मुद्रा पनि हो । साथै, यसको मूल्य पनि एकदम कम छ ।
नोभेम्बर ५ मा यसको मूल्य २१.७७ रुपैयाँ थियो । शुक्रबार दिउँसो २ बजे यसको मूल्य ५९.३७ पुगेको छ । यसले एकै महिनामा लगानीकर्तालाई १७३ प्रतिशत रिटर्न दिएको छ ।
शिबा इनु
शिबा इनु एक महिनामा सबैभन्दा बढी प्रतिफल दिने प्रमुख क्रिप्टोकरेन्सीहरूमध्ये दोस्रो स्थानमा छ । यस मुद्राको सबैभन्दा विशेष कुरा यो हो कि यसको मूल्य एक रुपैयाँभन्दा धेरै कम छ । अक्टोबर २०२१ मा यो मुद्रा एकैपटक एक हजार एक सय प्रतिशतभन्दा बढीले बढेको थियो ।
नोभेम्बर ५ मा यसको मूल्य ०.००१४ रुपैयाँ अर्थात एक पैसाभन्दा कम थियो । आज दिउँसो २ बजे यसको मूल्य ०.०० २६ रुपैयाँ थियो । यो एक महिनामा यो मुद्राले लगानीकर्तालाई करिब ८६ प्रतिशत प्रतिफल दिएको छ ।
बिटकोइन
यो सबैभन्दा महँगो मात्र होइन, सबैभन्दा चर्चित क्रिप्टोकरेन्सी पनि हो । एउटा क्रिप्टोकरेन्सीको मूल्य लाखौं रुपैयाँ हुन्छ । हालै यसको मूल्य एक लाख डलर नाघेको छ । यसलाई टुक्रामा पनि किन्न सकिन्छ ।
नोभेम्बर ५ मा, एक बिटक्वाइनको मूल्य लगभग ९१.९५ लाख रुपैयाँ थियो। अहिले त्यो बढेर १३३.२८ लाख पुगेको छ । अर्थात् एक महिनामा लगानीकर्तालाई करिब ४५ प्रतिशत रिटर्न दिएको छ ।