
काठमाडौं । एलन मस्क संसारकै सबैभन्दा धनी व्यक्ति हुन् । उनले टेस्ला, ट्वीटर र स्पेसएक्स लगायतका धेरै कम्पनीहरू चलाइरहेका छन् । उनको कुल सम्पत्ति ३७६ बिलियन डलर छ र उनी विश्वको पहिलो ट्रिलिनियर बन्न सक्ने विश्वास पनि गरिन्छ ।
मस्कको पहिलो काम बोइलर रुम क्लिनरको रूपमा थियो । पेशाले इन्जिनियर भएका मस्कले सन् १९८९ मा क्यानडाको एउटा काठ मिलमा बोइलर रुम क्लिनरको रूपमा काम गरेका थिए ।
यसका लागि उनले प्रत्येक घण्टा १८ डलर पाउँथे । तर यो काम धेरै खतरनाक थियो र हाइपरथर्मियाबाट बच्नको लागि उनले हरेक १५ मिनेटमा अन्य कामदारहरूसँग स्थान परिवर्तन गर्नुपर्थ्यो ।
विश्वको दोस्रो धनी व्यक्ति र अमेजनका संस्थापक जेफ बेजोसले म्याकडोनाल्ड्समा कुकको रूपमा काम गरेका थिए । बेजोसको कुल सम्पत्ति आज २४६ बिलियन डलर पुगेको छ ।
त्यसैगरी, माइक्रोसफ्टका संस्थापक बिल गेट्सले प्रोग्रामरको रूपमा आफ्नो करिअर सुरु गरेका थिए । उनी धेरै वर्षसम्म विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए । आज उनको कुल सम्पत्ति १६६ बिलियन डलर छ र उनी विश्वको छैटौं धनी व्यक्ति हुन् ।
माइकल डेल भाँडा माझ्थे
डेल कर्पोरेशनका संस्थापक माइकल डेलको पहिलो काम डिशवाशरको रूपमा थियो । आज उनको कुल सम्पत्ति ११६ बिलियन डलर छ र उनी संसारको १३ औं धनी व्यक्ति हुन् ।
अमेरिकी व्यापारी, टेलिभिजन व्यक्तित्व र लेखक मार्क कुबान पहिले फोहोरको झोला बेच्ने गर्थे । व्यवसायी शेरिल स्यान्डबर्गको पहिलो काम एरोबिक्स शिक्षकको रूपमा थियो ।
त्यस्तै, प्रसिद्ध अमेरिकी लगानीकर्ता वारेन बफेट पेपरब्वाईको रूपमा काम गर्थे । आज उनको कुल सम्पत्ति १४७ बिलियन डलर छ र उनी विश्वको १० औं धनी व्यक्ति हुन् ।