अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको १ सय वर्षको उमेरमा निधन

<p>काठमाडौं । अमेरिकाका ३९औँ राष्ट्रपति जिमी कार्टरको १ सय वर्षको उमेरमा निधन भएको छ । वाटरगेट काण्ड र भियतनाम युद्धपछि राष्ट्रपति पद जित्ने बदाम किसान जिम्मी कार्टरले ह्वाइट हाउसको कार्यकालपछि विश्वव्यापी मानवतावादीको रूपमा जीवनलाई पुनः परिभाषित गरेका थिए । सबैभन्दा लामो समयसम्म बाँचेका अमेरिकी राष्ट्रपतिको आइतबार जर्जियाको सानो शहर प्लेन्समा रहेको आफ्नो घर होस्पिस केयरमा [&hellip;]</p>

काठमाडौं । अमेरिकाका ३९औँ राष्ट्रपति जिमी कार्टरको १ सय वर्षको उमेरमा निधन भएको छ । वाटरगेट काण्ड र भियतनाम युद्धपछि राष्ट्रपति पद जित्ने बदाम किसान जिम्मी कार्टरले ह्वाइट हाउसको कार्यकालपछि विश्वव्यापी मानवतावादीको रूपमा जीवनलाई पुनः परिभाषित गरेका थिए ।

सबैभन्दा लामो समयसम्म बाँचेका अमेरिकी राष्ट्रपतिको आइतबार जर्जियाको सानो शहर प्लेन्समा रहेको आफ्नो घर होस्पिस केयरमा प्रवेश गरेको लगभग २२ महिनापछि निधन भएको हो । त्यहाँ उनी र उनकी श्रीमती रोजालिनले आफ्नो जीवनको अधिकांश समय बिताएका थिए । रोजालिनको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो ।

Share News