पोखरामा आधुनिक इँटाभटा : अन्तर्राष्ट्रिय प्रविधिबाट सञ्चालन, कालो होइन सेतो धुँवा

<p>काठमाडौं । इँटाभटाबाट ‘कालो’ धुवाँंको मुश्लो फालेको देखेका हामीलाई सेतो धुँंवा मात्रै फाल्ने पनि इँटाभटा हुन्छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, पोखरा इको रेड ब्रिक्स प्रालिले सञ्चालनमा ल्याएको इँटाभटाबाट भने कालो होइन, सेतो धुँवा मात्रै फालेको हुन्छ । नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय प्रविधिबाट सञ्चालन भएका कारण यसले अन्य सामान्य इटाभटाले जस्तो कालो धुँवा [&hellip;]</p>

काठमाडौं । इँटाभटाबाट ‘कालो’ धुवाँंको मुश्लो फालेको देखेका हामीलाई सेतो धुँंवा मात्रै फाल्ने पनि इँटाभटा हुन्छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, पोखरा इको रेड ब्रिक्स प्रालिले सञ्चालनमा ल्याएको इँटाभटाबाट भने कालो होइन, सेतो धुँवा मात्रै फालेको हुन्छ । नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय प्रविधिबाट सञ्चालन भएका कारण यसले अन्य सामान्य इटाभटाले जस्तो कालो धुँवा नफाल्ने जनाइएको छ ।

नेपाल इँटा उद्योग व्यवसायी महासंघको तथ्यांकअनुसार देशभर एक हजार दुई सयको हाराहारीमा इँटाभटाहरू छन् । तर, ती सबै इँटाभटाहरू भन्दा पोखरा इको रेड ब्रिक्स प्रालिले सञ्चालनमा ल्याएको इँटाभटा आधुनिक हो ।

पोखरा इको रेड व्रिक्स प्रालिका टेक्निकल इन्जिनियर कृष्णभक्त दुवालका अनुसार यो इँटाभटाबाट कहिल्यै पनि कालो धुँवा निकाल्दैन । ‘धुँवा चाहिं सेतो निकाल्छ, तर इँटा भने रातो,’ उनले भने ।

उनका अनुसार यस्ता आधुनिक इँटाभटामा एक हजारदेखि एक हजार एक सय डिग्री सेल्सियसमा होम म्यान क्लिनभित्र पोलेर इँटा पकाइन्छ । यही कारण यसका इँटाहरू रातो हुने गर्दछन् । तर धुँवा भने सेतो मात्रै अर्थात् प्रदूषणविहीन धुँवा मात्रै फाल्छ । रातो इँटालाई गुणस्तरीय इँटा मानिन्छ ।

यो प्रविधिबाट इँटा उत्पादन गर्दा सबै काम मेसिनले नै गर्ने गर्दछ । मेसिनले इँटा पार्नेदेखि इँटा निकाल्नेसम्मको सबै काम गर्छ । अन्य इँटाभटाहरूमा इँटा पार्ने काम मानिसबाट हुने गर्दछ ।

यो प्रविधिबाट इँटा उत्पादन गर्दा १२ औं महिना कारखाना सञ्चालन गर्न मिल्ने हुन्छ । इँटा घाममा राखेर नभई आफै सुक्ने बनाइने भएकाले यो प्रविधिबाट वर्षाको सिजनमा पनि इँटा बनाउन सकिने भएको हो ।

अन्य सामान्य इँटाभटाहरू वर्षमा ६ महिना मात्रै चल्ने गर्दछ । प्रत्येक वर्ष मंसिरमा सुरु भई वैशाख महिनामा उद्योग बन्द हुने गर्दछ । जेठ असारदेखि पानी पर्न थाल्ने भएकाले त्यस्ता उद्योग अस्थायी रूपमा ६ महिना चल्ने र ६ महिना बन्द हुने गर्दछन्।

पोखरा इको रेड ब्रिक्स प्रालि भक्तपुरको जगातीस्थित भक्तपुर इँटा तथा टायल उद्योग प्रालिले जस्तै १२ महिना सञ्चालन गर्न सकिने उद्योग हो । नेपालमा पहिलादेखि चल्दै आएका दुईवटा चाइनिज इँटा उद्योग थिए- भक्तपुर जगातीस्थित भक्तपुर इटा तथा टायल उद्योग र ललितपुरको हरिसिद्धि इटा तथा टायल उद्योग ।

तीमध्ये अहिले ललितपुरको हरिसिद्धिस्थित इँटा तथा टायल उद्योग बन्द भइसकेको छ । यता भक्तपुरको इँटा तथा टायल उद्योग भने निजी क्षेत्रले सञ्चालन गर्दै आएको छ । चाइनिज प्रविधिबाट भक्तपुरमा चाइनिज इँटा उत्पादन हुँदै आए पनि अन्तर्राष्ट्रिय प्रविधिमा आधारित भएर यस्तो इँटाभटा सञ्चालन हुन नसकेको बताइएको छ ।

बंगलादेशी विज्ञलाई झिकाइ लामो समयदेखि काम गराई यस्तो आधुनिक उद्योग सञ्चालन गर्न सफल भएको कम्पनीले जनाएको छ । अटोमेटिक मेसिन मेड क्लिन ब्रिक्स (इँटा) विज्ञलाई काम गराई यस्तो प्रविधि भित्राउन सफल भएको कम्पनीको भनाइ छ ।

इँटाभटाका कारण वातावरण प्रदूषण बढेको चर्काे आलोचना सबैतिरबाट निरन्तर भइरहेको छ । यही आलोचनालाई थेग्न इँटा उद्योगीहरूले यो वर्ष ढिला गरी मात्रै अर्थात् माघ १ गतेदेखि मात्रै इटाभटामा फायरिङ (इँटाभटामा इँटा पोल्न आगो लगाउने काम) गर्ने भएको नेपाल इँटाभटा व्यवसायी महासंघका सदस्य एवं भक्तपुर इँटाभटा व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्वाले जनाए ।

पुस-माघ महिनामा काठमाडौं उपत्यमा हुस्सु आउने र तराईमा शितलहर चल्ने कारण यो बेला इँटाभटाबाट निस्कने धुँवाले बढी प्रदूषण हुने भन्दै उद्योगीहरूले यो वर्ष पहिलाका वर्षमा भन्दा एकदुई महिना पछाडि मात्रै अर्थात् हुुस्सु र शितलहर कम हुने समय माघदेखि मात्रै फायरिङ गर्ने निर्णय गरेको ह्योम्वाले जनाए । तथापि नेपाल सरकारले भने फागुन महिनामा मात्रै फायरिङ गर्न अनुरोध गरेको थियो ।

Share News