चिनीको मूल्य आकासियो, ५० हजार टन चिनी आयात गर्ने सरकारको निर्णय

<p>काठमाडौं । बजारमा चिनीको मूल्य आकासिएपछि सरकारले आयात गर्न बाटो खुला गरिदिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले साल्ट ट्रेडिङ कर्पोरेसनलाई चिनी आयात गर्न स्वीकृति दिएको हो । आपूर्तिमन्त्री दीपक बोहराका अनुसार साल्टलाई ५० हजार टन चिनी आयात गर्न दिने निर्णय भएको हो । कर्पोरेसनसँग पर्याप्त चिनी नहुँदा बजारमा चिनीको मूल्य ह्वात्तै बढेको छ । [&hellip;]</p>

काठमाडौं । बजारमा चिनीको मूल्य आकासिएपछि सरकारले आयात गर्न बाटो खुला गरिदिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले साल्ट ट्रेडिङ कर्पोरेसनलाई चिनी आयात गर्न स्वीकृति दिएको हो ।

आपूर्तिमन्त्री दीपक बोहराका अनुसार साल्टलाई ५० हजार टन चिनी आयात गर्न दिने निर्णय भएको हो । कर्पोरेसनसँग पर्याप्त चिनी नहुँदा बजारमा चिनीको मूल्य ह्वात्तै बढेको छ ।

बजारभाउलाई हस्तक्षेप गर्न मुख्य भूमिका खेल्ने कर्पोरेसनले आयात गर्न नपाउँदा व्यवसायीले चर्को मूल्य असुल्दै आएका छन् ।
सर्वसाधारणले एक किलो चिनी खरिद गर्न १ सय रुपैयाँसम्म तिर्न बाध्य छन् । कान्तिपुर दैनिकबाट ।

Share News