
काठमाडौं । चीन सरकारले ‘कहिल्यै पनि’ कम्पनी वा व्यक्तिहरूलाई कानुनविपरीत डाटा संकलन गर्न वा आफूलाई डाटा उपलब्ध गराउने आरोप झुट रहेको बताएकाे छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ताले टिकटक, शीइन, श्याओमी लगायत छ चिनियाँ कम्पनीहरूको बारेमा सोधिएको प्रश्नको जवाफमा यस्तो बताएका हुन् ।
अष्ट्रियाली एडभोकेसी समूह एनओवाईबी दायर गरेको गोपनीयता उजुरीमा यी कम्पनीहरूले युरोपेली संघका प्रयोगकर्ताहरूको डाटा गैरकानुनी रूपमा चीनमा पठाइरहेको भनी दाबी गरिएको छ ।