संसारले पाँच वर्षभन्दा कम समयमै पहिलो खर्बपति पाउने, मस्क, बेजोस, जुकरबर्ग वा अरू कोही ?

<p>&nbsp; काठमाडौं । आगामी ५ वर्षमा विश्वले आफ्नो पहिलो ट्रिलिनियर पाउनसक्ने विश्वास गरिएको छ । विश्वमा तीनवटा कम्पनीहरू छन् जसको बजार पूँजीकरण एक ट्रिलियन डलरभन्दा बढी छ । अर्बपतिको कुरा अहिले पुरानो भइसकेको छ र अबको समय भनेको खर्बपतिको हो । स्टेटिक्स्टाका अनुसार हाल संसारभर ३ हजार १९४ अर्बपति छन् । अर्को दशकमा खर्बपतिको सूचीमा ५ जना [&hellip;]</p>

 

काठमाडौं । आगामी ५ वर्षमा विश्वले आफ्नो पहिलो ट्रिलिनियर पाउनसक्ने विश्वास गरिएको छ । विश्वमा तीनवटा कम्पनीहरू छन् जसको बजार पूँजीकरण एक ट्रिलियन डलरभन्दा बढी छ ।

अर्बपतिको कुरा अहिले पुरानो भइसकेको छ र अबको समय भनेको खर्बपतिको हो । स्टेटिक्स्टाका अनुसार हाल संसारभर ३ हजार १९४ अर्बपति छन् ।

अर्को दशकमा खर्बपतिको सूचीमा ५ जना धनी व्यक्तिहरू समावेश हुने अपेक्षा गरिएको छ । आइतबार जारी गरिएको अक्सफामको वार्षिक असमानता प्रतिवेदनमा यो दाबी गरिएको हो ।

यसमा भनिएको छ कि यदि धनीहरूको सम्पत्ति बढ्दै जाने वर्तमान प्रवृत्ति जारी रह्यो भने आगामी १० वर्षमा कम्तिमा ५ धनी व्यक्तिको कुल सम्पत्ति १ ट्रिलियन डलरभन्दा माथि पुग्नेछ ।

प्रतिवेदनमा भनिएको छ कि टेस्ला र स्पेसएक्सका मालिक तथा विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क पाँच वर्षभन्दा कम समयमा ट्रिलिनियर बन्न सक्छन् ।

आगामी दश वर्षमा अमेजनका संस्थापक जेफ बेजोस, ओरेकलका संस्थापक ल्यारी एलिसन, मेटाका सीईओ मार्क जुकरबर्ग र फ्रान्सका सबैभन्दा धनी व्यक्ति बर्नार्ड अर्नाल्टको कुल सम्पत्ति पनि १ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ । अक्सफामको प्रतिवेदन फोर्ब्सबाट लिइएको तथ्याङ्कमा आधारित छ ।

कसको कति कुल सम्पत्ति छ ?

सन् २०२४ विश्वका धनी व्यक्तिहरूका लागि धेरै अद्भूत रहेको बताइन्छ । अमेरिकी सेयर बजारमा भएको वृद्धिका कारण उनीहरूको कुल सम्पत्ति द्रुत गतिमा बढेको छ । यही कारणले गर्दा अक्सफामले गत वर्षको सूचीलाई परिमार्जन गर्नुपर्‍यो । त्यतिबेला अक्सफामले अर्को दशकमा मात्र खर्बपति बन्ने अनुमान गरेकाे थियो ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार मस्क ४४९ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वकै सबैभन्दा धनी व्यक्ति हुन् । गत वर्ष उनको कुल सम्पत्ति २०३ अर्ब डलरले बढेको थियो । यस वर्ष उनको कुल सम्पत्ति १६.१ अर्ब डलरले बढेको छ ।

ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार ४०० अर्ब डलरको आँकडा पार गर्ने मस्क विश्वकै पहिलो व्यक्तिसमेत हुन् ।

२४५ अर्ब डलरको कुल सम्पत्तिका साथ बेजोस विश्वका धनी व्यक्तिहरूको सूचीमा दोस्रो स्थानमा छन् । जुकरबर्ग २१७ अर्ब डलरको कुल सम्पत्तिसहित तेस्रो, एलिसन १८८ अर्ब डलरको साथ चौथो र बर्नार्ड अर्नाल्ट १८८ अर्ब डलरको साथ पाँचौं स्थानमा छन् ।

Share News