अब यस कारण अमेरिकामा ठूलो समस्या भोग्नेछन् नेपाली

<p>काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको शपथ लिएका छन् । उनले सपथसँगै विभिन्न आदेशहरुमा पनि हस्ताक्षर गरेका छन् । उनले विशेषगरी सीमा सुरक्षा, आप्रवासी नीति, जलवायु परिवर्तनसम्बन्धी लगायत विभिन्न आदेशमा हस्ताक्षर गरेका हुन् । ट्रम्पले अघि सारेका नीतिहरुको अहिले चौतर्फी बहस भइरहेको छ । त्यसले पार्ने प्रभावका विषयमा पनि चर्चा भइरहेको छ । उनले आप्रवासी [&hellip;]</p>

काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको शपथ लिएका छन् । उनले सपथसँगै विभिन्न आदेशहरुमा पनि हस्ताक्षर गरेका छन् । उनले विशेषगरी सीमा सुरक्षा, आप्रवासी नीति, जलवायु परिवर्तनसम्बन्धी लगायत विभिन्न आदेशमा हस्ताक्षर गरेका हुन् ।

ट्रम्पले अघि सारेका नीतिहरुको अहिले चौतर्फी बहस भइरहेको छ । त्यसले पार्ने प्रभावका विषयमा पनि चर्चा भइरहेको छ ।

उनले आप्रवासी नीतिहरूलाई कडा पार्ने आदेशहरू हस्ताक्षर गरेका छन् जसमा गैरकानुनी रूपमा अमेरिकामा बसिरहेकाहरूलाई उनीहरूकै देश फर्काइने भनिएको छ । राष्ट्रपति ट्रम्पले अमेरिकामा जन्मेकै आधारमा नागरिकता दिने नीतिको अन्त्य गर्ने आदेशमा पनि हस्ताक्षर गरेका छन् । जसको चर्चा अहिले अमेरिकासँगै अन्य देशमा पनि भइरहेको छ ।

सन् २०२४ मा इन्स्टिट्यूट फर इन्टिग्रेटेड डिभेलप्मन्ट स्टडिजले सार्वजनिकक गरेको एउटा अध्ययनले अमेरिकामा प्रवासी नेपालीको संख्या एक लाख ८५ हजारदेखि दुई लाख १५ हजारको बीचमा रहेको अनुमान गरेको थियो । त्यसबाहेक नेपालीहरू अवैध मार्ग हुँदै अमेरिका प्रवेश गर्ने गरेका छन् ।

अमेरिकामा पनि धेरै नेपाली हुन सक्ने आँकलन गरिएको छ । ट्रम्पको यो नीतिले धेरै नेपालीहरु प्रभावित हुन सक्ने बुझिएको छ । अमेरिकी विदेश मन्त्रालयको एउटा आँकडाले एशियाली मुलुकहरूमध्ये अमेरिकी डाइभर्सिटी भिसा (डीभी) चिट्ठा भर्न सबैभन्दा आकर्षण देखिएका देशहरूमा नेपाल दोस्रो स्थानमा रहेको देखाएको थियो । अब धेरै नेपालीहरु ट्रम्प नीतिको सिकार बन्दैछन् ।

उनले अमेरिका प्रवेशको अवैध बाटो रोक्नका लागि ट्रम्पले अमेरिका र मेक्सिकोको सिमानमा राष्ट्रिय आपतकाल घोषणा गर्ने आदेशमा हस्ताक्षर गरेका छन् । यस्तो आदेशले अब त्यहाँ सेना पठाउन अनुमति दिने भनिएको छ ।

विसं २०७२ साल वैशाखको भूकम्पपछि १५ हजार नेपालीलाई अमेरिकाले अस्थायी संरक्षित हैसियतमा बस्नका लागि अनुमति दिएको थियो । तर, सुविधा कटौती गर्ने योजनासहित अमेरिका अगाडि बढेपनि अदालतले भने त्यो आदेशलाई कार्यान्वयन गर्न दिएन । सन् २०२३ मा बाइडन प्रशासनले उनीहरुको सुविधा सन् २०२५ को मध्यसम्म दिने निर्णय गरेको थियो । तर, अब ट्रम्प प्रशासनले त्यसलाई रोक्छ वा अगाडि बढाउँछ भन्ने विषय हेर्न बाँकी छ ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकामा ठूलो सङ्ख्यामा आप्रवासी छन् । त्यहाँ अवैध रूपले बसेका आप्रवासी मात्र एक करोडको संख्यामा छन् । ट्रम्पले ३० लाख आप्रवासीलाई हटाउने घोषणा यसअघि नै गरिसकेका छन् ।

आप्रवासीलाई हटाउँदै जाने र नयाँ भिसा नीति पनि कडा बनाउने उनको योजना छ । ट्रम्पको यो अनुदार नीतिको सिकार नेपालीहरु पनि बन्न सक्ने विश्लेषण विज्ञहरुले गरिरहेका छन् ।

अमेरिकाले मात्रै होइन त्यसपछि पुँजीवादी अन्य राष्ट्रले पनि आप्रवासीलाई हटाउँदै जाने नीति अंगिकार गर्न सक्ने विश्लेषण पनि हुन थालेको छ । अहिले नेपालीहरूको गन्तव्य अधिकांश पुँजीवादी देशहरूमा छ । उनीहरुले आप्रवासीलाई हटाउने नीति अघि सारेमा नेपालीहरु ठूलो समस्यामा पर्ने र देशकै अर्थतन्त्रमा गम्भीर प्रभाव पर्न सक्ने अनुमानहरु अहिले हुन थालेका छन् । अहिले नेपालले युवालाई विदेश पठाएर उनीहरूबाट आउने आम्दानीबाट अर्थतन्त्रलाई धान्ने प्रयत्न गरिरहेको छ ।

Share News