‘आधुनिक नेपाली खाना महोत्सव’हुने, नेपाली स्वादलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने उद्देश्य

<p>काठमाडौं । विगत पाँच वर्षदेखि पर्यटन क्षेत्रको विकासमा काम गरेको हस्पिटालिटी फाउन्डेशन अफ नेपालले आगामी शनिबारदेखि ‘आधुनिक नेपाली खाना महोत्सव’ गर्ने भएको छ । फाउन्डेसनले मंगलबार साँझ पत्रकारसम्मेलन गरेर नेपाली खाना तथा स्वादलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने उद्देश्यका साथ इभेन्ट सम्राट गार्डेन रेस्टुरेन्ट सामाखुसीमा महोत्सव गर्न लागेको जानकारी दिएको हो । फाउन्डेसनका अध्यक्ष महेशराज ढकालले नेपालको पर्यटन [&hellip;]</p>

काठमाडौं । विगत पाँच वर्षदेखि पर्यटन क्षेत्रको विकासमा काम गरेको हस्पिटालिटी फाउन्डेशन अफ नेपालले आगामी शनिबारदेखि ‘आधुनिक नेपाली खाना महोत्सव’ गर्ने भएको छ ।

फाउन्डेसनले मंगलबार साँझ पत्रकारसम्मेलन गरेर नेपाली खाना तथा स्वादलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने उद्देश्यका साथ इभेन्ट सम्राट गार्डेन रेस्टुरेन्ट सामाखुसीमा महोत्सव गर्न लागेको जानकारी दिएको हो ।

फाउन्डेसनका अध्यक्ष महेशराज ढकालले नेपालको पर्यटन क्षेत्रमा परामर्श, तालिमलगायत काम गर्दै आएकोमा केही वर्षदेखि नेपाली खानाको प्रवद्र्धन गर्नका लागि आधुनिक खाना महोत्सव गर्दै आएको जानकारी दिए ।

उनले भने, “संस्थाले होटल, रेस्टुरेन्ट, बार, रिसोर्ट, होमस्टे आदिमा विभिन्न किसिमका तालिम सञ्चालन गर्दै नेपालको हस्पिटालिटी उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनका लागि विभिन्न प्रयास गर्दै आइरहेको छ ।” यस्तो कार्यक्रमले नेपालको हस्पिटालिटी (अतिथि स्वागत) उद्योगलाई विदेशसम्म चिनाउन महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएका छन् । रासस

Share News