एआई प्रवर्द्धनमा ५ सय अर्ब डलर लगानी गर्ने ट्रम्पको घोषणा

<p>काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधारमा ओपनएआई, सफ्टबैंक र ओरेकलबाट ५ सय अर्ब अमेरिकी डलरको लगानीको घोषणा गरेका छन् ।  ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा ट्रम्पले तीन कम्पनीहरू स्टारगेट नामक नयाँ एआई पूर्वाधार कम्पनीमा साझेदारी गर्न तयार रहेको बताएका हुन् ।जसले देशभरका डाटा सेन्टरहरूसहित एआईको अर्को पुस्तालाई शक्ति [&hellip;]</p>

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधारमा ओपनएआई, सफ्टबैंक र ओरेकलबाट ५ सय अर्ब अमेरिकी डलरको लगानीको घोषणा गरेका छन् ।

 ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा ट्रम्पले तीन कम्पनीहरू स्टारगेट नामक नयाँ एआई पूर्वाधार कम्पनीमा साझेदारी गर्न तयार रहेको बताएका हुन् ।जसले देशभरका डाटा सेन्टरहरूसहित एआईको अर्को पुस्तालाई शक्ति दिन भौतिक र भर्चुअल पूर्वाधार निर्माण गर्नेछ ।

कम्पनीहरूले सय अर्ब डलरको लगानीबाट सुरु गर्नेछन् । जसमा आगामी चार वर्षमा परियोजनामा पाँच सय अर्ब डलरसम्म लगानी गर्ने योजना छ ।

Share News