मस्क, बेजोस र जुकरबर्गभन्दा धेरै धनी, तर सूचीमा नाम नभएका यी धनाढ्य

<p>काठमाडौं । ब्ल्याकरकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लेरी फिन्क टेस्लाका सीईओ एलन मस्क, अमेजनका संस्थापक जेफ बेजोस र मेटाका सीईओ मार्क जुकरबर्गभन्दा धनी छन् । तर, धनीहरूको कुनै पनि सूचीमा उनको नाम देखिँदैन । ब्ल्याकरक अमेरिकाको बहुराष्ट्रिय इन्भेस्टमेन्ट कम्पनी हो । यो विश्वकै ठूलो एसेट म्यानेजमेन्ट कम्पनी हो । यो कम्पनीले ७.४ ट्रिलियन अमेरिकी डलर बराबरको सम्पत्ति व्यवस्थापन [&hellip;]</p>

काठमाडौं । ब्ल्याकरकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लेरी फिन्क टेस्लाका सीईओ एलन मस्क, अमेजनका संस्थापक जेफ बेजोस र मेटाका सीईओ मार्क जुकरबर्गभन्दा धनी छन् । तर, धनीहरूको कुनै पनि सूचीमा उनको नाम देखिँदैन ।

ब्ल्याकरक अमेरिकाको बहुराष्ट्रिय इन्भेस्टमेन्ट कम्पनी हो । यो विश्वकै ठूलो एसेट म्यानेजमेन्ट कम्पनी हो । यो कम्पनीले ७.४ ट्रिलियन अमेरिकी डलर बराबरको सम्पत्ति व्यवस्थापन गर्छ । डिसेम्बर २०२४ सम्म ब्ल्याकरकको मार्केट क्याप १५८.०७ ट्रिलियन डलर रहेको छ । ब्ल्याकरक विश्वको १०२ औं ठूलो कम्पनी हो ।

७२ वर्षीय फिन्कको राजनीतिक र व्यावसायिक क्षेत्रहरूमा ठूलो प्रभाव छ । वाशिङ्गटन र वाल स्ट्रिटमा उनलाई वित्तीय क्षेत्रका सबैभन्दा प्रभावशाली व्यक्तिहरूमध्ये एक मानिन्छ । यद्यपि सर्वसाधारणले उनलाई धेरै कम चिन्छन् । आर्थिक संकटको समयमा उनले ठूलो भूमिका खेलेका थिए ।

लेरी फिन्कसँग अपार सम्पत्ति छ, तर उनी फेमबाट टाढा रहन्छन् । उनको कम्पनी ब्ल्याकरकले धेरै देशहरूको जीडीपीभन्दा बढी सम्पत्ति व्यवस्थापन गर्छ । कम्पनीले विश्वभरका व्यवसायहरूमा लगानी गर्छ । यो म्युचुअल फन्ड क्षेत्रमा पनि काम गर्छ, जहाँ सर्वसाधारणले आफ्नो पैसा लगानी गर्छन् ।

 

२००८ को वित्तीय संकटमा खेलेका थिए महत्त्वपूर्ण भूमिका

यति धेरै धन–दौलत हुँदा पनि लेरी फिन्कबारे धेरै कम मानिसलाई थाहा छ । सन् २०१० मा भ्यानिटी फेयरले लेखेको एउटा लेखले यो विरोधाभास उजागर गरेको थियो । उक्त लेखमा राजनीतिक र व्यवसायिक क्षेत्रमा फिन्कलाई वित्त क्षेत्रका सबैभन्दा प्रभावशाली व्यक्तिहरूमध्ये एक मानिने तर सर्वसाधारणले उनलाई चिन्न नसक्ने उल्लेख थियो ।

२००८ को वित्तीय संकटको समयमा फिन्कको भूमिका अत्यन्तै महत्त्वपूर्ण थियो । जब अमेरिकी अर्थतन्त्र डुब्न लागेको अवस्थामा थियो, वाल स्ट्रिटका ठूला कम्पनीहरूजस्तै जेपी मोर्गन चेइसका जेमी डिमन, मोर्गन स्टान्लीका जोन म्याक, र एआईजीका रोबर्ट विलमस्टाडले सहयोग र सल्लाहका लागि फिन्कलाई नै खोजेका थिए । अमेरिकी ट्रेजरी र फेडरल रिजर्भ बैंक अफ न्युयोर्कले पनि उनलाई सहयोगका लागि अनुरोध गरेका थिए ।

हालै दावोसमा वल्र्ड इकोनोमिक फोरममा फिन्कले बिटकोइनबारे आफ्नो धारणा राखे । ब्लुमबर्गसँगको कुराकानीमा उनले बिटकोइनको मूल्य ७ लाख अमेरिकी डलरसम्म पुग्न सक्ने बताएका थिए ।

किन फिन्क धनीहरूको सूचीमा शीर्ष स्थानमा छैनन् ?

सम्पत्तिको स्वामित्व

मस्क, बेजोस र जुकरबर्गजस्ता व्यक्तिहरूसँग व्यक्तिगत रूपमा ठूलो सम्पत्ति छ, जुन उनीहरूको नाममा छ । तर, लेरी फिन्कसँग ब्ल्याकरक कम्पनीमार्फत ठूलो सम्पत्ति व्यवस्थापन गर्ने जिम्मेवारी छ । यो सम्पत्ति व्यक्तिगत रूपमा उनको होइन, लगानीकर्ताहरूको हो ।

धनीहरूको सूचीको मापदण्ड

धनीहरूको सूची सामान्यतया व्यक्तिगत शुद्ध सम्पत्ति (नेट वर्थ) को आधारमा तयार गरिन्छ । यो व्यक्तिको नाममा भएको सम्पत्ति जस्तै– सेयर, नगद र सम्पत्ति, इत्यादिलाई समेट्छ । फिन्कसँग व्यक्तिगत रूपमा धेरै सम्पत्ति नभएकाले उनी सूचीमा शीर्ष स्थानमा नआएका हुन् ।

ब्ल्याकरकको प्रकृति

ब्ल्याकरक एक सम्पत्ति व्यवस्थापन (एसेट म्यानेजमेन्ट)कम्पनी हो । यसको मतलब यसले मानिसहरूको पैसा लगानी गर्छ र त्यसमा प्रतिफल दिन्छ । लेरी फिन्क यस कम्पनीका सीईओ हुन् र उनी यसका लागि राम्रो तलब पाउँछन् । तर, उनको व्यक्तिगत सम्पत्ति कम्पनीको व्यवस्थापनमा रहेको कुल सम्पत्तिको तुलनामा निकै कम छ । (एजेन्सीहरूको सहयोगमा)

Share News