
काठमाडौं । अमेरिकाको वाशिङ्टन डीसीमा अमेरिकन एयरलाइन्सको एक विमान आकाशमै हेलिकप्टरसँग ठोक्किएको छ । फेडरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) ले यसबारे जानकारी दिएको छ ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको छ । यो दुर्घटना स्थानीय समयअनुसार राति ९ बजे रीगन वाशिङ्टन नेशनल एयरपोर्ट नजिकै भएको हो । हेलिकप्टरसँग ठोक्किएपछि विमान पोटोम्याक नदीमा खसेको बताइएको छ ।
रीगन एयरपोर्टले सोशल मिडिया प्लेटफर्म एक्स (पहिलाको ट्वीटर) मा लेख्दै हालका लागि सबै उडानहरू रोकिएको जानकारी दिएको छ ।
अमेरिकन एयरलाइन्सले पुष्टि गरेको छ कि विमानमा ६० यात्रु र ४ क्रु सदस्य सवार थिए ।
वाशिङ्टन डीसीको आपतकालीन उद्धार टोली घटनास्थलमा पुगेको छ । विमान हेलिकप्टरसँग ठोक्किएपछि पोटोम्याक नदीमा खसेको हो ।
घटनाबारे थप विवरण आउन बाँकी नै छ ।