विश्वकै सबैभन्दा धनी ‘वाल्टन परिवार’, ४१४.१ अर्ब डलर नेटवर्थ

<p>काठमाडौं । आयका आधारमा सबैभन्दा ठूलो कम्पनी वालमार्टको प्रवर्तक वाल्टन परिवार विश्वकै सबैभन्दा धनी परिवार मानिन्छ । यो परिवारका तीन सदस्य विश्वका धनीहरूको सूचीमा ११ औं, १२ औं र १३ औं स्थानमा छन् । साथै परिवारका थप दुई सदस्यहरू पनि धनीहरूको सूचीमा छन् । यी पाँच जनाको कुल नेटवर्थ ४१४.१ अर्ब डलर छ । वालमार्टमा [&hellip;]</p>

काठमाडौं । आयका आधारमा सबैभन्दा ठूलो कम्पनी वालमार्टको प्रवर्तक वाल्टन परिवार विश्वकै सबैभन्दा धनी परिवार मानिन्छ ।

यो परिवारका तीन सदस्य विश्वका धनीहरूको सूचीमा ११ औं, १२ औं र १३ औं स्थानमा छन् । साथै परिवारका थप दुई सदस्यहरू पनि धनीहरूको सूचीमा छन् । यी पाँच जनाको कुल नेटवर्थ ४१४.१ अर्ब डलर छ ।

वालमार्टमा वाल्टन परिवारको ४७ प्रतिशत हिस्सेदारी छ ।

वालमार्टको स्थापना सन् १९६२ मा साम वाल्टनले गरेका थिए। अहिले यो कम्पनी विश्वकै सबैभन्दा ठूलो रोजगारदाता हो, जसमा २१ लाखभन्दा बढी कर्मचारी कार्यरत छन्, जुन धेरै देशहरूको जनसंख्याभन्दा बढी हो ।

वाल्टन परिवारको सम्पत्ति

ब्लूमबर्ग बिलियनेयर इन्डेक्स अनुसार साम वाल्टनका छोरा जिम वाल्टन १२० अर्ब डलर सम्पत्तिसहित ११औं स्थानमा छन् । उनका भाइ रोब वाल्टन ११७ अर्ब सम्पत्तिसहित १२औं स्थानमा छन् । उनकी बहिनी एलिस वाल्टन ११७ अर्ब सम्पत्तिसहित १३औं स्थानमा छन् । एलिस वाल्टन विश्वकै सबैभन्दा धनी महिला हुन् । साम वाल्टनका दिवंगत छोरा जोन वाल्टनका छोरा लुकास वाल्टन ४१.३ अर्ब सम्पत्तिसहित ३७औं स्थानमा छन् ।

जोन वाल्टनकी विधवा क्रिस्टी वाल्टन १८.८ अर्ब सम्पत्तिसहित ११६औं स्थानमा छिन् । जोन वाल्टनको निधन २००५ मा एक हवाई दुर्घटनामा भएको थियो, जसपछि क्रिस्टी वाल्टनलाई वालमार्टमा करिब २ प्रतिशत हिस्सेदारी प्राप्त भएको थियो ।

वालमार्टको १९ देशहरूमा १० हजार ५०० भन्दा बढी स्टोरहरू छन् । यसको व्यापार डिस्काउन्ट कल्चर (छुट प्रणाली) मा आधारित छ, जसका कारण आर्थिक मन्दीमा पनि यसको स्टक उच्च प्रदर्शन गरिरह्यो ।

२०२३ मा वालमार्टको आय ६४८.१ अर्ब डलर रहेको थियो ।

Share News