ट्रम्पले अमेरिकामा भएको भयानक हवाई दुर्घटनाको दोष कर्मचारीमाथि लगाए, ‘ब्ल्याक बक्स’ भेटियो

<p>काठमाडौं । अमेरिकामा दुर्घटना भएको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । अन्तर्राष्टिय सञ्चार माध्यमहरुले खोजीकार्यका क्रममा ब्ल्याक बक्स भनिने विमानको फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर फेला परेको उल्लेख गरेका हुन् । ब्ल्याक बक्स जाँच गरेपछि हवाइ दुर्घटनाको कारण खुल्नेछ । अब राष्ट्रिय यातायात सुरक्षा बोर्डको प्रयोगशालामा ब्ल्याक बक्स जाँच गरिने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले [&hellip;]</p>

काठमाडौं । अमेरिकामा दुर्घटना भएको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । अन्तर्राष्टिय सञ्चार माध्यमहरुले खोजीकार्यका क्रममा ब्ल्याक बक्स भनिने विमानको फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर फेला परेको उल्लेख गरेका हुन् ।

ब्ल्याक बक्स जाँच गरेपछि हवाइ दुर्घटनाको कारण खुल्नेछ । अब राष्ट्रिय यातायात सुरक्षा बोर्डको प्रयोगशालामा ब्ल्याक बक्स जाँच गरिने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

स्थानीय समयानुसार बुधबार राति करिब ९ बजे अमेरिकी एयरलाइन्सको विमान वासिङटन डीसीनजिकै आकाशमा ब्ल्याक हक हेलिकोप्टरसँग ठोक्किएको थियो । दुर्घटनामा विमानमा सवार सबै ६४ जनाको मृत्यु भएको जनाइएको छ । बम्बार्डियर कम्पनीको यो सीआरजे ७०० विमान कन्सासबाट वासिङटनतर्फ जाँदै थियो ।

यो दुर्घटना अमेरिकामा साढे दुई दशकपछि भएको बुझिएको छ । सन् २००१ मा एअर फ्लोरिडाको फ्लाइट ९२९ दुर्घटनामा परेको थियो जसमा ७८ जनाको ज्यान गएको थियो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीवार ह्वाइट हाउसमा पत्रकार सम्मेलन राख्दै हवाइ दुर्घटनाको कारण यसअघिको सरकारको कमजोरी रहेको बताएका छन् ।

उनले आफूभन्दा अगाडिको डेमोक्र्याटिक पार्टीको प्रशासनले फेडरल एभिएशन एड्मिनिस्ट्रेशनमा एअर ट्राफिक कन्ट्रोलरहरू भर्ती गर्दा कमजोर र न्यून मापदण्ड अपनाइएको हुनाले दुर्घटना निम्तिएको हुन सक्ने आरोप लगाएका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा ।

Share News