अमेरिकी अटो कम्पनी ‘फर्ड’को भारत फिर्ती योजना रोकियो

<p>&nbsp; काठमाडौं । अमेरिकी अटो जायन्ट फर्डको भारत फिर्ती योजना अनिश्चित बनेको छ । स्रोतहरूका अनुसार फर्डले जनवरीसम्म भारतमा आफ्नो नयाँ रणनीतिको विस्तृत जानकारी सार्वजनिक गर्ने अपेक्षा गरिएको थियो । तर कम्पनीले हाल पुनर्विचार गरिरहेको छ । कम्पनीले केही महिनाभित्र अन्तिम निर्णय लिने पनि बुझिएको छ । फर्डको रणनीतिमा ढिलाइ स्रोतका अनुसार फर्डको बोर्डले जनवरीमा [&hellip;]</p>

 

काठमाडौं । अमेरिकी अटो जायन्ट फर्डको भारत फिर्ती योजना अनिश्चित बनेको छ । स्रोतहरूका अनुसार फर्डले जनवरीसम्म भारतमा आफ्नो नयाँ रणनीतिको विस्तृत जानकारी सार्वजनिक गर्ने अपेक्षा गरिएको थियो । तर कम्पनीले हाल पुनर्विचार गरिरहेको छ । कम्पनीले केही महिनाभित्र अन्तिम निर्णय लिने पनि बुझिएको छ ।

फर्डको रणनीतिमा ढिलाइ

स्रोतका अनुसार फर्डको बोर्डले जनवरीमा छलफल गरेको थियो तर तत्काल कुनै घोषणा नगर्ने निर्णय भयो । कम्पनीले भारतमा पुनः प्रवेश गर्ने योजना पुनः मूल्याङ्कन गर्न थप समय लिने निर्णय गरेको हो ।

कम बिक्री र ठूलो घाटाका कारण फर्डले २०२१ मा भारतीय बजारबाट बाहिरिने निर्णय गरेको थियो ।

फर्डको आधिकारिक प्रतिक्रिया

फर्डका प्रवक्तालाई इमेलमार्फत सम्पर्क गर्दा उनले योजनाहरू अगाडि बढाइरहेको जानकारी दिए ।

‘हामी चेन्नई निर्माण क्षमता प्रयोग गरेर विश्वव्यापी बजार सेवाका लागि प्रतिबद्ध छौं । हामी तमिलनाडु सरकारको समर्थनप्रति आभारी छौं र योजनाहरू अघि बढाइरहेका छौं,’उनले भने ।

‘निर्माण प्रक्रियाको प्रकार, समय–सीमा र अन्य विवरण उचित समयमा सार्वजनिक गरिनेछ,’ उनले थपे ।

किन भइरहेको छ ढिलाइ?

फर्डको भारत पुनः प्रवेशमा विभिन्न कारणले ढिलाइ भइरहेको छ ।

हाल अमेरिकी प्रशासन विदेशी लगानीका लागि त्यति अनुकूल छैन । ट्रम्प सरकार अमेरिकी अटोमोबाइल उत्पादनलाई पुनः अमेरिका फर्काउने अभियानमा केन्द्रित छ।

फर्डको चेन्नई प्लान्ट लगभग तीन दशक पुरानो भइसकेको छ । यो प्लान्ट पुनः सञ्चालन गर्न धेरै लगानी आवश्यक पर्न सक्छ ।

ईभी उत्पादनलाई लिएर चुनौती

अटो उद्योग विश्लेषकहरूका अनुसार यदि फर्डले चेन्नई प्लान्टलाई विद्युतीय सवारी (ईभी) उत्पादन गर्न तयार पार्ने निर्णय लिन्छ भने १००–३०० मिलियन डलरसम्म खर्च हुन सक्छ ।

यसका लागि वेल्डिङ लाइन (गाडीका विभिन्न भागहरू जोड्ने प्रविधि) नयाँ बनाउनुपर्ने हुन्छ । असेम्ब्ली लाइन (जहाँ गाडीका सबै भागहरू जोडिन्छन्) फेरि निर्माण गर्नुपर्ने हुन्छ ।

सान्दर्भिक सामग्री :

मस्कको राजनैतिक प्रभाव ! बेलायत र युरोपेली बजारमा टेस्लाको बिक्री घट्दो

विद्युतीय सवारीमा फड्को मार्दै फरारी, अक्टोबरमा ६ नयाँ मोडल सार्वजनिक गर्ने

१९ हजार करोड कर छलिको आरोप लगाएपछि भारतीय अधिकारीविरुद्ध फक्सवागनको मुद्दा

एसियाली अटो निर्माताहरूको सेयरमा गिरावट, ट्रम्पको शुल्कका कारण अटो क्षेत्र उथलपुथल

२०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने

निसान-होन्डा मर्जरमा मित्सुबिशी सहभागी नहुने

बीवाईडीको इन्डोनेसिया प्लान्ट यस वर्षको अन्त्यमा सम्पन्न हुने, बर्सेनि डेढ लाख ईभी उत्पादन हुने

अटो उद्योगको निद्रा बिथोल्ने बीवाईडी, जसको रोकिने नामोनिशान छैन

स्टेलान्टिस र सीएटीएलले स्पेनमा ईभी ब्याट्री प्लान्ट निर्माण गर्ने, ४.३ बिलियन डलरको लगानी

Share News