
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद ढकालले सामाजिक सञ्जालले गलत सन्देश प्रवाह भएको बताएका छन् । बिहीबार क्यान इन्फोटेक मेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘सामाजिक सञ्जालले चन्द्र ढकाललाई दलाल भनेर चिनाउने प्रयास गरिरहेको छ, जुन खेदजनक छ । वैदेशिक रोजगारको जागीर छोडेर नेपालमै केही गर्नुपर्छ भनेर फर्केर आएको मान्छे, अहिले हजारौंलाई रोजगार दिइरहेका छु । तर आज सामाजिक सञ्जालमा मेरो विषयमा गलत सन्देश फैलिएको छ । विभिन्न क्षेत्रमा मैले योगदान दिएको छु ।’
अध्यक्ष ढकालले पाथीभरामा केबलकार बनाउने विषयमा भएको विवादले गलत देखाउन खोजेको हुँदा वास्तविक रूपमा त्यहाँ केबलकर बनाएर यातायातको सुविधा मात्र दिन खोजेको बताए ।
उनले धर्मको नाममा गलत सन्देश फैलाउन खोजिएको बताए ।
यसैगरी, अध्यक्ष ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।
उनले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिने बताए ।
आईटी क्षेत्र विश्वव्यापी बजार भएको, खबौं रुपैया बराबरको सेवा निर्यात गर्न सक्ने र लाखौं मानिसलाई रोजगारी दिन सक्ने क्षेत्र भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यस क्षेत्रको थप विकासका लागि आवश्यक नीतिगत र संरचनागत सुधारको लागि काम गर्न काम गर्न सरकारसँग आग्रह गरे ।
उनले क्यान इन्फोटेकले नवीनतम प्रविधि स्टार्टअप इनोभेशन तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने बताए ।
अर्काे प्रसंगमा अध्यक्ष ढकालले नेपालमा सरकारले रोजगारीमा प्रोत्साहन गर्न सकेन भने भोलिका सन्ततिले पछुताउनुपर्ने बताए ।
यसैगरी, सञ्चार तथा सूचना प्रविधीमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रमा सरकार आफैले धेरै काम गर्न बाँकी रहेको बताए ।
उनले यस क्षेत्रमा निजी क्षेत्रले गरेको योगदानको सराहना गर्दै आउने दिनमा निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्ने बताए ।
आईटीलाई उद्योगको रूपमा विकास गर्दै अगाडि लैजान नीतिगत सुधार आवस्यक रहेको उल्लेख गर्दै उनले सरकारले नीतिगत सुधारको लागि काम गरिरहेको जानकारी दिए ।
क्यान इन्फोटेक मेला आजदेखि सुरु